spot_img

नाकामा सतर्कता नअपनाउँदा बढ्न थाले कोरोना संक्रमित

कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ। गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो। पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ।

कोरोना भाइरसको आशङ्कामा बुधबार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो। पछिल्ला दिनमा यो रोगको सङ्क्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ।

छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ।

सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरवाही भइरहँदा यो रोगको सङ्क्रमण बढ्न थालेको बताइएको छ। सीमानाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्।

सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाकाबाट बुधबार ६६४ र आज  ५८७ जना नेपाल भित्रिएको जनाइएको छ। सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमूना परीक्षण हुने गरेको छ।

प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्णमात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ। पछिल्ला दिनमा कोरोनाविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरु गरिएको छ। रासस



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img