spot_img

spot_img

एसपीको ‘ग्रिन सिग्नल’पछि सिमामा तस्करी मौलायो , यस्तो छ धनुषाका घुमुवालाई बुझाउनुपर्ने दर रेट !

धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेको ग्रिन सिग्नल पाएपछि निर्वाद रुपमा नाकाहरुमा तस्करी धन्दा चलिरहेको खबर छ। एसपी रजौरेले परिचालन गरेका घुमुवा प्रहरीहरुले नै तस्करहरुलाई लाइन दिएर कमाउ धन्दा शुरु गरेका हुन।

अहिले धनुषामा घुमुवाको कमान्डर सई नागेन्द्र राउत अहिर छन् । यसअघि जानकी चौकीमा कार्यरत छँदा आर्थिक लेनदेनमा मुछिएका कारण तत्कालीन एसपी प्रकाश रानाभाटले सई नागेन्द्रलाई नसियत समेत दिएका थिए। तथापि, उनी अहिले सम्म सुध्रिएका छैनन् । तिनै बिबादास्पद सई नागेन्द्रको कमाण्डमा हवल्दार मनोज महत्तो र सहायक हवल्दार अमोद चौधरी घुमुवाका रुपमा खटिएका छन्। योजनाबद्व ढंगले एसपी रजौरेलाई गुमराहामा पारेर घुमुवाहरूले नै तस्करीको लाइन चलाएका छन् ।

धनुषामा एसपी रजौरेले सुचना संकलन र चोरी तस्करी नियन्त्रणका लागि परिचालन गरेका सई  नागेन्द्र राउत अहिर ,हवल्दार मनोज महतो र सहायक हवल्दार अमोद चौधरीले चक्मा दिएर तस्करीको लाइन चलाइरहेको प्रहरी स्रोत नै वताउँछ । उनीहरुले पाएको सूचना समेत चुहाई तस्करलाई सहज बनाइदिने गरेका छन् ।

जिल्लाभरिका भन्सार छली गर्नेहरुसँग उनीहरुको सेटिङ छ ।   प्रहरी संगठनको बिरुद्धमा गएर सूचना चुहाउने तथा तस्करीलाई संरक्षण गर्ने सई नागेन्द्र राउत अहिर र सहायक हवल्दार अमोद चौधरी ८/९ महिना र हवल्दार मनोज महतो ९ वर्ष देखी घुमुवाका रुपमा धनुषामै कार्यरत रहँदैआएका छन् ।

घुमुवा सई नागेन्द्र राउत अहिरले  ९८२९९२८६५० नम्वरको सिम र हवल्दार मनोज महतोले ९८०१६३१८०४ नम्वरट प्रयोग गरि व्यापारीसँग डिल गर्ने गरेको स्रोत बताउँछ ।
उनीहरुको कल डिटेल्स चेक गर्‍यो भने सबै कुरा छर्लङग हुने एक व्यापारी नै दाबी गर्छन् ।  सई नागेन्द्र राउत अहिरले धनुषाका एसपी रजौरे र मधेस प्रदेशका डिआईजी मसाउद आलम खाँको नाममा समेत रकम उठाउँदै आएका छन् ।
धनुषामा नामुद  तस्करका रुपले चिनिने सुरेशले महिनाको चार लाख बुझाएर महिनाथपुर नाकाबाट कपडा र सुर्ती नेपालतर्फ भित्र्याउने लाइन पाएका छन् ।

त्यस्तै, दुहबी नाकाबाट राजिव माहासेठले महिनाको चार लाख बुझाएर नेपालबाट चाइनिज स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका भारततर्फ पठाउने गरेका छन् भने भारतबाट कपडा ,हार्डवेयर , मोटर पाटस, पानपराग ,रजनिगन्धा , लगायतका समानहरु पिकअप र मोटरसाईकलको माध्यमले तस्करी गर्दै आएका छन् ।

इनर्वा नाकाबाट सुनिल यादव र अजय यादवले महिनाको १ लाख ६० हजार बुझाएर सिल प्याक मदिरा रक्सीको तस्करी गरि भारततर्फ पठाउने लाइन पाएका छन् । खजुरी नाकाबाट छोटे अहेसान नामका तस्करले महिनाको १ लाख बुझाएर चाइनिज सामान र नेपाली आईटम भारततर्फ तस्करी गरि पठाउने गरेका छन् ।

बरतुल्ला , सम्तुल्लाह , नरेशले महिनाको १ लाख बुझाएर भररिया ४ न.वडा नाकाबाट कपडाको तस्करी मोटरसाईकलको माध्यमले गर्दै आएका छन् ।
मुखियापटी मुशहर्नियाघाट नाकाबाट उमेश दास , फेकन , बिन्देश्वर नायक , शिवनरायण साहले महिनाको १ लाख बुझाएर नेपालबाट सिल प्याक रक्सी, मदिरा र ड्रोन क्यामरा भारततर्फ तस्करी गरिरहेका छन् भने भारतबाट कपडाको तस्करी गरि नेपाल भित्र्याइरहेका छन् । सभार : अन्लाईन नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...