spot_img

spot_img

निमा र पासाङको योजनामा हनी ट्रयापिङ, पत्रकार र वकिल बनेर रकम बार्गेनिङ

काठमाडौं: काठमाडौं उपत्यकामा युवतीको प्रयोग गरेर  केही समयदेखि ‘हनी ट्रयापिङ’ गरेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट हनी ट्रयापिङ गर्ने ६ जनालाई पक्राउ गरेपछि घटना बाहिरिएको हो। 

६ जनाको समूहले पत्रकार, समाजसेवीदेखि नक्कली आफन्त बनेर मानिसलाई डर त्रासमा पारेर रकम असुल्ने गरेको खुलेको छ। प्रहरीले बिहीबार निमा लामालाई पक्राउ गरेपछि घटनामा संलग्न अन्य पाँच जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने १९ वर्षीया निकिता केसी, १८ वर्षीया मनीषा परियार, ३२ वर्षीय डिकबहादुर शर्मा, ३० वर्षीय सञ्जीव दर्जी, २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दिनेश कुमार आचार्यले जानकारी दिए।

हनी ट्रायापमा पारेर मानिसबाट रकम असुल्ने गिरोहका मुख्य योजनाकार  निमा लामा र पासाङ लामा भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।

 कसरी हुन्थ्यो ‘हनी ट्रयापिङ’?

उनीहरूले सामाजिक सञ्जालबाट महिलालाई प्रयोग गरी विभिन्न मानिससँग सम्पर्क गरेर भेटघाट गर्ने वातावररण बनाउथे। पुरुषलाई सम्पर्क बढाएर बोलाइ रेस्टुरेन्टमा लगेर खाजा खुवाउन बोलाउँथे। सामाजिक सञ्जालबाट भएको सम्पर्कमा परेर रेस्टुरेन्टसम्म पुग्ने पुरुष उनीहरुको जालमा पर्थे। रेस्टुरेन्टमा पुगेर केही समय विताएपछि दुई जना महिलाले आफूलाई जवर्जस्ती गरेको भन्दै चिच्याउन थाल्थे। त्यसपछि योजना अनुसार नै तयारी अवस्थामा बसेका पासाङ, निमा र सञ्जीव आफन्त बनेर त्यहाँ पुग्ने गरेको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

त्यसपछि उनीहरुले आफ्नो बहिनी/ भाञ्जीलाई जवर्जस्ती गरेको भन्दै हप्काउने र थर्काउने गर्थे। त्यसपछि त्यहाँ रकमको बार्गेनिङ हुन्थ्यो। आवश्यक अनुसार निकिता केसी आफू पत्रकार भएकाले समचार छाप्ने भन्दै पुग्थिन। त्यही घटनलाई डिक कुमारले समाजसेवी र वकिल  भएको भन्दै थप बार्गेनिङ गर्ने गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...