spot_img

spot_img

५६ दिन हिरासत बसेपछि फेरिएका ‘लाउरे’, ‘भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’

पोखराः गत पुस १५ गते एउटा खबरले सामाजिक सञ्जाल तात्यो। आशीष राना लागूऔषध मुद्दामा पक्राउ। आशीष अर्थात् युवा पुस्ता माझ चर्चित रहेका र्‍यापर ‘लाउरे’। १४ गते साँझ साथीहरूसँग जाल्पा रोडस्थित एक होटलमा लागूऔषध सेवन गरिरहेको अवस्थामा उनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेर ५६ दिन प्रहरीको हिरासतमा बिताएका लाउरे अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि छुटेका थिए। उनै लाउरेलाई अहिले कास्की प्रहरीले लागूऔषधविरुद्धको अभियानमा ‘आइकन’को रुपमा अघि सारेको छ। 

असार ६ गतेदेखि कास्की प्रहरीले सप्ताहव्यापी रुपमा लागूऔषधविरुद्धको ‘एन्टिड्रग्स क्याम्पियन’ कार्यक्रम गर्दैछ। सोही कार्यक्रममा प्रहरीले लाउरेलाई आइकनको रुपमा अघि सारेको हो।

लागूऔषध दुर्ब्यसनीमा बढी युवा पुस्ता फस्ने गरेकाले कार्यक्रम युवालाई लक्षित गरिएको छ। लागूऔषधविरुद्धको अभियानमा लाउरेलाई जोड्दा कार्यक्रम प्रभावकारी हुनेमा कास्कीका एसपी रमेश थापा विश्वस्त छन्।

‘प्रहरी कार्यालयबाट लागूऔषधविरुद्धको थुप्रै अभियान गरिरहेका हुन्छौँ। तर, कार्यक्रम प्रभावकारी रुपमा भएन। यसपटक उहाँलाई आइकन बनाएर अघि बढ्दैछौँ। यसले युवामाझ प्रभाव पार्छ,’ पत्रकार सम्मेलनमा बोल्दै एसपी रमेशले भने।

६ गतेदेखि सुरु हुने कार्यक्रम १२ गतेसम्म चल्ने छ। कार्यक्रममा लाउरेले आफ्नो भोगाइ, अनुभव सुनाएर प्रस्तुति दिनेछन्। कार्यक्रमको अन्तिम दिन साइकल र्‍याली हुने कास्की प्रहरीले जनाएको छ।

‘भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’

पछिल्लो दश वर्षदेखि लागूऔषध सेवन गरिरहेको सुनाउँछन् लाउरे। कलेजको जीवनदेखि दुर्ब्यसनीमा फसेका उनले यो अन्तरालमा थुप्रैपटक छोड्ने कोसिस गरेको सुनाए।

‘कलेज पढ्ने बेला मन बढी चञ्चल हुने। मन र दिमागको द्वन्द्व चल्ने। त्यही समय लहैलहैमा लागेर नराम्रो बाटोमा लागेँ,’ उनले सुनाए, ‘प्रत्येक पटक ड्रग्स लिँदा अब त छोड्छु भन्ने लाग्थ्यो तर यसले फिजिकल्ली मात्रै नभएर मेन्टल्ली असर गर्ने भएकाले छाड्न नसकिने।’

दुर्ब्यसनीमा फसेपछि आफ्नो करिअरमा असर पुर्‍याएको अनुभव छ लाउरेसँग। लागूऔषधकै कारण थुप्रै पटक विदेशी कार्यक्रमलाई स्थगित गरेको सुनाउँछन् उनी।

‘विदेश लैजान नमिल्ने, नसकिने, विदेशमा हुने कार्यक्रम क्यान्सिल गरेको छु कतिपटक,’ उनले सुनाए, ‘यसले करिअरलाई पनि धेरै धक्का दियो। लागूऔषधले भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ।’

दश वर्षको अन्तरालमा उनले थुप्रै पटक कोसिस गरे कुलतबाट निस्किने। तर, असफल बने। अब भने यो दलदलबाट सधैंको लागि निस्किएको बताउँछन्। जसलाई तपस्या भन्छन् उनी।

‘सुरुका दुई महिना एकदमै गाह्रो हुन्छ फिजिकल्ली बढी। त्यसपछि हामीलाई मेन्टल्ली गाह्रो हुन्छ। यो भनेको जीवनभर हो। यसलाई म एउटा तपस्याजस्तै भन्छु,’ उनले भने।

कास्की प्रहरीले गर्न लागेको कार्यक्रममा उनी सकारात्मक र खुशी छन्। आफूलाई फलो गर्ने युवा पुस्ता बढी भएकाले कार्यक्रम प्रभावकारी हुनेमा उनी पनि विश्वस्त छन्।

लाउरेले लागूऔषध सम्बन्धित नयाँ र्‍याप गीत निकाल्दै छन्। जन्मदिनको दिन असार ११ गते गीतको ट्रिजर सार्वजनिक हुँदै छ।

गीतले लागूऔषध र हिरासतको कथालाई थोरै केही समेटेको उनी सुनाउँछन्। उनले यो गीत हिरासतअघिनै लेखेको बताउँछन्। तर यसलाई उनी संयोग मान्छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...