spot_img

spot_img

राष्ट्रियसभामा एसपीपीबारे बहस : ओलीले सम्झौता अघि बढाउन भनेको वामदेवको आरोप

काठमाडौं : अमेरिकी ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपीपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुनेमा जोड दिएका थिए।

 उनीहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न, अन्तर्राष्ट्रियस्तरको सन्धिसम्झौता गर्नुअघि राष्ट्रिय सहमति कायम गर्न तथा परराष्ट्र नीति मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि जहिले पनि एक भएर उभिन सरकारलाई सुझाव दिएका थिए।

सांसद वामदेव गौतमले अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौताका बारेमा सरकारले प्रस्ट पार्नुपर्ने माग राखे। ‘यति महत्वपूर्ण विषयमा राष्ट्रलाई गुमराहमा राख्न हुँदैनथ्यो। संसद्को गरिमालाई कायम राख्न प्रधानमन्त्री स्वयम् उपस्थित भएर संसद्लाई जानकारी दिनुपर्दथ्यो,’ उनले भने।

एसपीपी सम्झौतको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको भन्दै उनले सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्ने बताए। ‘सत्य बताउँदा कोही पनि सानो हुँदैन, पार्टी र व्यक्तित्व सानो हुँदैन,’ उनले भने।

 सांसद प्रकाश पन्थले परराष्ट्र सम्बन्धका बारेमा सबै संवेदनशील बन्नुपर्ने बताए। ‘कूटनीतिक सम्बन्ध घरझगडा, छिमेकीसँगको झगडा जस्तो पनि होइन, एकले अर्कालाई अरोप लगाउन हुँदैन,’ उनले भने,‘संवेदनशील भएर कूटनीतिक सम्बन्धलाई अगाडि बढाउनुपर्छ।’

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले अमेरिकाले प्रस्ताव गरेको भनिएको ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपीपी) को मस्यौदाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए। ‘यसबारेमा सरकारले जनतालाई सत्यत्थ्य जानकारी दिनुपर्छ,’ उनले माग गरे।

सांसद उर्मिला अर्यालले सरकारमा हुँदा र बाहिर हुँदा फरक देखाउने चरित्रले मुलुकको राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताए। अन्तर्राष्ट्रियस्तरको सन्धिसम्झौता गर्नुअघि राष्ट्रिय दलहरुसँग बृहत छलफल गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सबैले राष्ट्रिय धारणा बनाउनुपर्छ, आफू सत्तामा हुँदा गल्ती दोहोर्‍याउने, सरकारबाट हटेपछि अर्कालाई आरोप लगाउन पाइन्छ।’

सांसद मोहम्मद खलिदले स्वाधीनता, अखण्डता र सार्वभौमिकतालाई दृष्टिगत गरी मुलुकको परराष्ट्र नीति बन्नुपर्ने बताए। सांसद उदयबहादुर बोहराले सत्तामा हुँदा मुलुकको हित विपरीतका काम गर्ने र सत्ताबाट बाहिरिएपछि राष्ट्रवादी बन्ने प्रवृत्तिले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बताए।

‘सरकारमा होस् वा प्रतिपक्षमा होस् हाम्रो परराष्ट्र नीति मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि जहिले पनि एक भएर जानुपर्छ,’ उनले भने।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...