काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) हामीलाई स्वीकार्य नभएको बताएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत एसपीपीप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
कांग्रेसको धारणा यही बन्ने र कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्ने समेत उनले बताए।
उनले भनेका छन्, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो, थ्यांक्स्… एसपीपी हामीलाई स्वीकार्य छैन! कांग्रेसको धारणा यही बन्नेछ र कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ। हामी साझा ढंगले प्रष्ट छौँ – समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य!’