spot_img

spot_img

नागरिकतासम्बन्धि समस्या समाधान गर्न जसपा सांसदहरुको प्रधानमन्त्री देउवासँग माग

वीरगंज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नागरिकताको समस्या सम्बन्धमा ध्यानाकर्षण गराएका छन्। सो क्रममा प्रधानमन्त्री देउवाले यही साताभित्रै नागरिकतासम्बन्धि समस्या समाधान हुने आश्वासन दिएका छन्।

सांसद यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)कै सांसदद्वय नरमाया ढकाल र रानी मण्डलको टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेर जन्मसिद्ध नागरिकका सन्तानले भोगिरहेको समस्याबारे बताएपछि उनले यसै साताभित्र उनीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। नागरिकताकै कारण सयौँ नागरिक रोजगार, उच्च शिक्षाबाट बञ्चित हुनुका साथै सरकारको सेवा सुविधासमेत उपभोग गर्न नपाएको सांसद यादवले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

‘नागरिकता नहुँदा आज लाखौँ युवाहरु विचल्लीमा छन्, शिक्षा, स्वास्थ्य, रोजगार र राज्यले एउटा साधारण नागरिकलाई दिने आधारभूत सेवा सुविधाबाट समेत उनीहरु बञ्चित हुँदै आएका छन्’, सांसद यादवले भने, ‘वर्षौँदेखि नागरिकता नपाएको कारण कयौँ युवाहरु आत्महत्या गर्ने अवस्थामा पुगेका छन्, उनीहरुको भविष्यसँग खेलवाड गर्नु हुँदैन,यथासिघ्र नागरिकता दिनुपर्छ।’

नागरिकताविहीनहरुको समस्याबारे जिल्ला तहमा आफूहरुलाई जनताले पटक-पटक दुखेसो पोख्दै आएकोले आफूहरुले प्रधानमन्त्रीलाई भेटेर जनताको समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानकर्षण गराएको उनले जानकारी दिए।

‘अहिले चलिरहेको बजेट सत्रबाट नै नागरिकताको विषयलाई समाधान गर्ने प्रधानमन्त्रीज्यूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, यसै साताभित्र सदनबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउने केही निर्णय आउन सकछ,’ उनले भने।

यसअघिको नेकपा (एमाले)- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारले अध्यादेशबाट नागरिकता विद्येयक पास गरी जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिने निर्णय गरे तापनि उक्त अध्यादेश आएको केही दिनमै अदालतमा रिट परेको थियो। ती रिटहरु अहिले अदालतमा विचाराधीन छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...