spot_img

spot_img

यौन हिंसा विधेयकउपर संशोधन प्रस्ताव दर्ता : हदम्याद हटाउनदेखि सजाय र जरिबाना बढाउन सांसदहरुको माग

 

काठमाडौं : प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ उपर सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)द्वारा प्रतिनिधिसभामा प्रस्तुत विधेयकमाथि सोमवार छलफल भएको थियो।

विधेयकउपरको संशोधन प्रस्तावमा केही सांसदहरुले यौनजन्य अपराधको मुद्दा हदम्याद हटाउनुपर्ने बताएका छन् भने केही हदम्याद बढाउनु पर्ने सुझाव दिएका छन्।

बिन्दा पाण्डेसहित ८ जना सांसदहरुले जबरजस्ती करणी जस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको अवधि हटाउन प्रस्ताव गरेका छन्। त्यस्तै, अनुसन्धान र अभियोजन प्रकृयालाई समय अवस्था अनुसार सुदृढ गर्दै जानुपर्ने पनि उनीहरुको सुझाव छ।

यसैगरी, सांसद रेखा शर्मा सहित ५ जना सांसदहरुले नाबालिकको हकमा बालिग भएको मितिले ५ वर्षसम्म उजुरी दिन सक्ने हदम्याद सम्बन्धि व्यवस्था संशोधन गर्नुपर्ने सुझाव दिएका छन्। जबरजस्ती करणी मुद्दामा सजाय र जरिबाना पनि बढाउनु पर्ने उनीहरुको संशोधन प्रस्तावमा उल्लेख छ।

सांसद मिनबहादुर विश्वकर्मा सहित ४ जना सांसदहरुले प्रस्तुत गरेको प्रस्तावमा मूल ऐनको दफा २१९ र २२७ संशोधन गरी पीडितको उमेर, शारीरिक अवस्था, सामाजिक पहुँचलगायत परिस्थिति हेरी दण्ड, सजाय र उजुरी गर्ने हदम्यादको वर्गिकृत व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

सांसद गगन कुमार थापासहित १३ जना सांसदहरुले जबरजस्ती करणी तथा यौनजन्य हिंसाको मुद्दामा सजाय र जरिबाना बढाउनु पर्ने प्रस्ताव गरेका छन्। उनीहरुले पनि जबरजस्ती करणी जस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको व्यवस्था हटाउन प्रस्ताव गरेका छन्।

सांसदहरुले यौन हिंसाको परिभाषा गरी यसको प्रकृति, अवस्था र परिणामबारे व्याख्या गरिनु पर्ने संशोधन प्रस्तावमा उल्लेख गरेका छन्। साथै, पीडक उम्कन नपाउने र पीडितले उचित समयमै न्याय पाउने अवस्थाका लागि प्रभावकारी कार्यविधि बनाउनु पर्ने एवं अपराधिक कार्यमा पीडक र पीडितले प्रमाण मेट्न सक्ने अवस्था हुन नदिन र ऐनको दुरुपयोग हुन नदिन विशेष कानुनी प्रबन्ध गर्नु पर्ने प्रस्तावमा उल्लेख छ।

त्यसका साथै, सांसदहरुले बलात्कार तथा अन्य यौनजन्य हिंसाका पीडितलाई पीडकबाट माग बमोजिम क्षतिपूर्ति प्राप्त गर्ने कानुनी आधार र व्यवस्था बनाउने, बलात्कार तथा अन्य जघन्य यौनजन्य हिंसासम्बन्धि फौजदारी अभियोगको न्यायिक निरुपणका लागि सबै अदालतहरुमा विशिष्टिकृत इजलास स्थापना गर्ने व्यवस्था हुनु पर्ने प्रस्ताव गरेका छन्।

त्यस्तै, पुर्पक्षमा लाग्ने समय अवधि घटाउनका लागि बलात्कार तथा अन्य जघन्य यौनजन्य हिंसासम्बन्धि फौजदारी मुद्दामा अनिवार्य रुपमा ‘कन्टिन्युअस ट्रेल’को व्यवस्था गर्नु पर्ने र बलात्कार तथा यौनजन्य हिंसाको अनुसन्धान तथा अभियोजनका लागि नेपाल प्रहरी तथा महान्यायाधीवक्ताको कार्यालयको समन्वय तथा सहकार्यमा न्यूनतम रुपमा जिल्लास्तरमा विशिष्टिकृत टास्क फोर्स स्थापना गर्नु पर्ने संशोधन प्रस्तावमा उल्लेख गरेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...