spot_img

spot_img

वीरगन्ज महानगरको कार्यपालिका सदस्यमा जसपा र काँग्रेसको गठबन्धन विजयी

माधुरी महत्तो वीरगन्ज,२०जेठ :वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन विजयी भएको छ । महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा ८ वटै सदस्य पदमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । जसपा र काँग्रेसका ४÷४ जना सदस्यहरु निर्वाचित भएका हुन् । महानगरको कार्यपालिको दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट काँग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मिया धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका हुन् । कन्हैया १०७ , धोेबी १०८ र सोनार ११० मत प्राप्त गरि विजयी भएका हुन् । एमाले लोसपा गठबन्धनबाट एमालेका उम्मेदवार अजय कुमार गुप्ताले भने ४७ ,ओम प्रकाश साहले ४८ र राजकिशोर गुप्ताले पनि ४८ मत मात्र पाएका छन् ।
५ महिला सदस्यमा पनि गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक ,नितु कुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसन खातुन विजयी भएका छन् । महिला सदस्यमा निर्वाचित कौशीकले १०९, रामले १११ , कार्कीले १०९ , राजपुतिनले ११३ र खातुनले ११४ मत पाएकी हुन् । एमालेकी अमरी देवी चमारले ४५ ,कान्ति देवीले ४५ ,मन्जु देवीले ४६ र संगीता देवीले ४६ तथा लोसपाकी पतिया देवीले ४३ मत मात्रै पाएकी छन् । जिल्ला समन्वय समिति परिसरमा शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म चलेको मतदानममा १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरि कुल ८ सदस्य पदका लागि भएको निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए् । शुक्रबार भएको मतदानमा जसपाका ३ जना जनप्रतिनिधी भने सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधी , मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भइ अस्पतालमा उपचाररत रहेकाले उनिहरु मतदानमा सहभागी हुन नसकेका हुन् । महानगरमा निर्वाचित जसपाका जनप्रतिनिधीहरु घुम्न मकवानपुरको मकवानपुर गढी घुम्न गएका बेला शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि वडा नम्बर दुइ जना वडा अध्यक्ष सहित ५ जना घाइते भएकोमा ३ जना अस्पतालमा उपचाररत छन् । महानगरमा शुक्रबार भएको कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका थिए भने नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका थिए ।८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा जसपा र काँग्रेसले मेयर र उपमेयरमा गठबन्धन गरेका थिए । मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको थियो । साभारः मधेस खबर डट कम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव...