spot_img

spot_img

प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। आइतवार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

आवधिक निर्वाचन नै गणतन्त्रको उच्चा विशेषता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताबाट चुनिएका प्रतिनिधिबाट मुलुक सञ्चालित भएकोसमेत बताए।

‘मुलुकको शासनसत्तामा जनचाहनाअनुसार आवधिक निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धाबाट जो कोही नेपाली नागरिक छनोट हुनसक्ने लोकतान्त्रिक अभ्यास नै हाम्रो गणतान्त्रात्मक प्रणालीको उच्च आदर्श र विशेषता हो,’ सम्बोधनका क्रममा देउवाले भने, ‘आम जनताबाट चुनिएका जनप्रतिनिधिबाट मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको छ।’

हालै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै देउवाले प्रतिनिधि सभाको चुनावसमेत सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। ‘जनचाहनाअनुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रोपटकको निर्वाचन भर्खरैमात्र हामीले निष्पक्ष स्वतन्त्र शान्तिपूर्ण र भयरहित ढंगमा सम्पन्न गरी जनताबाट नयाँ जनप्रतिनिधिहरु छनोट भएका छन्। यसबाट मुलुकमा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक एवं प्रजातन्त्रात्मक शासन व्यवस्था थप मजबुद भएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यसै वर्ष प्रतिनिधि सभाको चुनावसमेत सफलतापूर्वक सम्पन्न गरी मुलुकमा जनउत्तरदायी जनताको शासनव्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध छ।’

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...