spot_img

spot_img

पूर्वडिआइजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ, सर्वोच्च अदालतले फैसला उल्टाएपछि मोबाइल अफ गरेर थिए फरार

काठमाडौं: श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कोइरालाई बानेश्वरबाट पक्राउ गरेको हो। हत्या गरेको अभियोगमा ८ वर्ष ६ महिना जेल बसेर रिहा भएका कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बिहीबार बदर गरेको थियो। फैसलालगत्तै उनी मोबाइल अफ गरेर फरार रहेका थिए। 

काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्चले नै कैद सजाय घटाएपछि कोइराला २०७७ साउन ८ गते छुटेका थिए। तत्कालीन प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना कायम गरेको थियो।

सो फैसला पुनरवलोकनको माग गर्दै निवेदन दर्ता भएको थियो।

कोइरालालाई श्रीमती गीता ढकाल (कोइराला) लाई हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिरबाट काठमाडौंतर्फ बा ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई जन्मकैदको फैसला सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी फेरि उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगेका थिए। २०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको थियो।

त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले कोइरालाको साढे ११ वर्ष कैद कम गरेको थियो। तर पुनरवलोकनका माध्यमबाट फैसला बदर भएको हो। फैसला बदर भएको भोलिपल्टै कोइराला पक्राउ परेका हुन्। 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव...