spot_img

spot_img

सशस्त्रका डिआईजीको धन्दा पर्दाफासः ४ सिपाही विरुद्ध पक्राउ पूर्जी जारी, हतियार सप्लाईको आरोप

काठमाडौं– हतियार सप्लाई गर्ने गरेको आरोपमा सशस्त्र प्रहरी बलका चार जना सिपाही/हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

 

सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीका प्रमुख तथा डीआईजी गणेश ठाडामगरको निर्देशनमा खटिएका चारजना सादा पोसाकका सिपाही/हवल्दारविरुद्ध जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको हो।

इन्टेलिजेन्स’ बाहेक सादा पोशाकमा सुरक्षाकर्मी खटाउन नपाइने सशस्त्र हेडक्वाटरको आदेशविपरित डीआईजी ठाडामगरले सादा पोशाकमा सुरक्षाकर्मी खटाएका थिए। उनै ठाडामगरले खटाएका चारजना सुरक्षाकर्मीविरुद्ध अहिले जिल्ला प्रहरी कार्यालय बाराको सिफारिसरमा जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको छ।

 

आफ्ना चार जना निर्दोष सिपाहीविरुद्ध हतियार सप्लाई जस्तो गम्भीर आरोपमा पक्राउ पूर्जी जारी भएपछि सशस्त्र हेडक्वाटरले यसलाई गम्भीर रुपमा लिएर छानबिन सुरु गरेको छ।

 

तराईका विभिन्न जिल्लाहरुमा सुरक्षा निकायले आपराधिक गिरोहको संरक्षणका साथ अवैध धन्दाबाट रकम आर्जन गर्ने गरेको आरोप लाग्ने गरेको बेला यस्तो घटना सार्वजनिक भएको हो।

 

घटना स्थानीय तह निर्वाचन भन्दा केही दिन अघिको हो। स्रोतका अनुसार ठाडामगरले सादा पोशाकमा खटाउँदै आएका सुरक्षाकर्मीलाई काम खोई, काम चाहियो भन्दै प्रेसर दिएका थिए। त्यसपछि डीआईजी ठाडामगरको निर्देशनमा खटिएका सहायक हवल्दार सागर झाले हाकिमको प्रेसर आएपछि पेस्तोल किन्ने भन्दै एक भारतीय नागरिक लालबाबु कुसहवासँग सम्पर्क गरेर हतियार बारामा ल्याइदिन आग्रह गरेका थिए।

 

भारत मोतिहार भलेवाहका कुसहवा हतियार सप्लाईमा निपूर्ण मानिन्छन्। उनकै योजनामा मध्य तराईमा हतियार सप्लाई हुने गरेको स्रोत बताउँछ।

 

भारतीय नागरिक कुसहवाले बेच्नका लागि हतियार ल्याउँछन् त्यहीबेला उनलाई हतियारसहित पक्राउ गरिएको भनेर काम देखाउने उद्देश्यले ठाडामगरले खटाएका सादा पोशाकका घुमुवामा बारा पुगेका थिए।

सहायक हवल्दार झासँगै सशस्त्रका सिपाही आत्माराम राउत, सुनिल यादव र अशोक सोनार बारा पुगेका थिए। तर, सशस्त्रका घुमुवाले भारतबाट पेस्तोल लिएर बारा आउँदै गरेका कुसहवालाई पक्राउ गर्नुको साटो उनीहरुभन्दा पहिला बारा प्रहरीले उनलाई पेस्तोलसहित नियन्त्रणमा लियो।

 

बाराको सिम्रनगौढ नगरपालिका–९ बा कुसहवा १ थान पेस्तोलसहित पक्राउ गरेका थिए। कुसहवालाई पक्राउ गरेपछि बारा प्रहरीले उनलाई हतियार सप्लाई गर्ने अरु को–को छन् उनीहरुलाई पनि हतियार लिएर आउन भनेर बोलाउन लगाएका थिए।

 

कुसहवाले भारतमा रहेका आफ्ना दुई साथीलाई पेस्तोल किन्ने मान्छे रेडी भएको भन्दै दुई थान पेस्तोल लिएर आउन निर्देशन दिएका थिए। कुसहवा पक्राउ परेको भोलिपल्ट उनीहरु दुई थान पेस्तोल लिएर बारा आउँदै गर्दा प्रहरीको फन्दामा परे।

 

पक्राउ परेका भारतीय नागरिकसँगको सोधपुछबाट यो घटनामा सशस्त्र प्रहरीका चार जना हवल्दार/सिपाहीको संलग्नता रहेको खुलेको हो।

भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेपछि उनीहरुले सशस्त्र प्रहरीका चार जनाको नाम लिएका थिए। त्यसपछि उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

 

यो घटनामा डीआईजी ठाडामगरले गम्भीर गल्ती गरेको भन्दै हेडक्वाटरले गुपचुपमा छानबिन प्रक्रिया अघि बढाएको छ। घटनाबारे ठाडामगरसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन। सशस्त्रका प्रवक्ता तथा डीआइजी विदूर खड्काले भने यस घटनाबारे आफूलाई जानकारी नै नभएको भन्दै पन्छिए।

 

यता प्रहरीले भने सशस्त्रलाई पक्राउ परेका चार जना सुरक्षाकर्मीलाई बुझाउन भन्दै परिपत्र गरेको स्रोतले जनाएको छ। साभारः नेपाललाईभ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...