spot_img

spot_img

पोखरा महानगरपालिकामा धनराजको जितले गरायो सूर्यको तेज निस्तेज

पोखरा : मध्यरातमा आएको नतिजाको अन्तिम अंकसँगै पोखरा महानगरपालिकामा धनराज आचार्यको कमलले कृष्ण थापाको सूर्यको तेज निस्तेज पारिदिएको छ। अन्तिम मत परिणाम अनुसार ५८ हजार ८ सय ९३ मत सहित पोखरा महानगरपालिकाका मेयरमा आचार्यले जित निकालेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका लागि उनले गठबन्धनबाट निकाले जितले उनको दललाई सबैभन्दा धेरै राहत दिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नमिठो धक्का।

आचार्यलाई पछ्याएका एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत हासिल गरे। पोखरामा मेयरका बाँकी कुनै पनि उम्मेदवारले जमानत जोगाउन सकेनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ५ हजार ६ सय ७४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत जोडे।

मेयरमा हार भोगेको नेकपा एमालेका लागि मञ्जुदेवी गुरुङले सान्तोना जित दिएकी छिन्। पोखरा महानगरको उप प्रमुखमा गुरुङले ६० हजार ५ सय ४६ मत सहित जित निकालेर आफूलाई अब्बल नेताका रुपमा स्थापित गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन्। उप प्रमुखमा राप्रपाका रञ्जना सेनले ५ हजार ९९ मत ल्याइन्।

पोखरा महानगरमा जम्मा मतदाता २ लाख ७ हजार ७ सय १२ रहँदा १ लाख ४३ हजार २२६ (६८.९५%) मत खसेको थियो। जसमा पुरुषको मत ६६ हजार ५ सय ६६ छ भने महिलाको ७६ हजार ६ सय २० खसेको थियो।

गठबन्धनको विजय र्‍याली तथा धन्यवाद कार्यक्रम आज १२ बजे प्रर्दशनी केन्द्रमा हुँदैछ। सम्बोधन वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्दैछन्। यस्तै एमालेको विजय र्‍याली ११ बजे हुने बताइएको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...