spot_img

spot_img

इजरायल र स्वीटजरल्याण्डमा पनि देखियो ‘मंकिपक्स’

इजरायल र स्वीटजरल्याण्डमा पनि ‘मंकिपक्स’ बाट संक्रमित हुनेहरुको पहिचान भएको छ। यससँगै १४ वटा देशहरुमा मंकिपक्सका केसहरु फेला परेको छ। स्वीटजरल्याण्डमा एक व्यक्तिमा यो संक्रमण देखिएको हो। इजरायलमा भने थप व्यक्तिहरुमा पनि यो संक्रमण देखिन सक्ने भन्दै अनुसन्धान भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले यसअघि मंकिपक्सका ८० केस फेला परेको भन्दै संक्रमण बढ्न सक्ने भन्दै चेतावनी दिएको थियो। संगठनले थप ५० वटा संदिग्ध केसहरुबारे अनुसन्धान भइरहेको पनि जनाएको थियो।

मंकिपक्सको संक्रमण सुरुवातमा बेलायत देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगलका साथै अमेरिका र क्यानडामा पनि यो भाइरसको संक्रमण देखिएको थियो।

यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ। बेलायतमा नाइजेरियाबाट फर्किएका व्यक्तिमा यो संक्रमण देखिएको थियो।

यो भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने भएकाले खतरा कम रहने जनाइएको छ। यो भाइरसबाट संक्रमित हुनेहरुमा मध्यम खालका लक्षण देखिने र केही हप्तामा नै निको हुने बेलायतको नेश्नल हेल्थ सर्भिसले जनाएको छ।

हालसम्म मंकिपक्सविरुद्ध कुनै भ्याक्सिन निर्माण भएको छैन। तर स्मलपक्सको लागि प्रयोग हुने भ्याक्सिन मंकिपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने बताइएको छ।

 



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव...