spot_img

spot_img

जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

विराटनगरः निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने दावी गरेका छन।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताए। मतगणनास्थलमा अत्यधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तीय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने उनले प्रष्ट पारे।

थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरुपमा काम गरिरहेको बताए। मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्बन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत उनले उल्लेख गरे।

“मतगणनास्थलमा सुरक्षा संयन्त्र सुदृढ छ, यसमा सुरक्षा निकायबाट सुनिश्चितता प्रदान गरिएकोले कुनै किसिमबाट अल्मलिनु हुँदैन”, उनले भने। वैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिई निर्वाचन अपराध तथा कसुर सजाय ऐनअन्तर्गत कार्वाहीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको थपलियाले बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव...