spot_img

spot_img

महानगरमा रस्साक्सीः बालेनको मत दुई प्रतिस्पर्धीको जोड्दा पनि दोब्बर, चिरिबाबु अग्रस्थानमै हुँदा रेनु र विजयबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ स्थानीय तहको मतगणना जारी रहँदा ६ वटा महानगरको मतगणनाले धेरैको ध्यान खिचेको छ। स्वतन्त्र उम्मेद्वारको कारण चर्चामा रहेको काठमाडौं महानगरको मतपरिणाम झनै सस्पेन्स बन्दै भएको छ। स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता बढाउँदै गएका छन्। राति ८ बजेको अपडेट अनुसार बालेनले आफ्ना दुई प्रतिस्पर्धिलाई दोब्बर मत अन्तरले पछाडि छाडेका छन्।

पछिल्लो मतगणना अनुसार साहले ३ हजार ४१० मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६९४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले १ हजार ६२० मत प्राप्त गरेकी छिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमिले ३२८ मत प्राप्त गरेका हुन्। बालेनले पाएको मत दुई जना उम्मेदवार स्थापित र सिंहको जोड्दा समेत दोब्बर छ। 

भरतपुर महानगरपालिकामा पनि मतगणनाले धेरैलाई बाँधेर राखेको छ। गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेद्वार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ। मतगणना सुरुदेखि केही घण्टासम्म अग्रता पाएकी रेणुले अहिले भने अग्रता कायम गर्न सकेकी छैनन्। झिनो मतको अग्रता राख्दै आएकी रेनु भने अहिले सुवेदीभन्दा तल आएकी छिन्। दाहालले पछिल्लो मतपरिणाम अनुसार २ हजार ७९६ पाएकी छिन्। उता सुवेदीले भने  २ हजार ८०६ मत ल्याएका छन्। १० मतले सुवेदी अहिले अगाडि देखिएका छन्।

वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन्। एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीभन्दा एक हजार ५४६ मतले अगाडि देखिएका छन्। वीरगंज महानगरको वडा नं १, २, ३१ र ३२ को मतगणनामा राजेशमानले दुई हजार ८३२,  एमालेका सरावगीले एक हजार २८६, राप्रपाको गिरीश गिरीले ८६ मत ल्याएका छन्।

उता विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले प्रमुख पदमा आफ्नो अग्रता कायमै राखेका छन्। महानगरको जारी मतगणनाको पछिल्लो घोषित परिणाममा कोइरालाले ९३१ मतले अग्रता हासिल गरेका हुन्। कोइरालाले तीन हजार २७८ मत ल्याउँदा एमालेका सागर थापाले दुई हजार ३४७ मत प्राप्त गरेका छन्। त्यस्तै प्रमुखका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार १७९ मत हासिल गरेका छन्।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

पोखरा महानगरको वडा नम्बर १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ हजार ३४९ मत प्राप्त गरी अग्रता कायम राखेका हुन्। एमालेका कृष्णबहादुर थापाले १ हजार २५० मत पाएका छन्। 

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले आफ्नो अग्रतालाई कायमै राखेका छन्। उनले एक हजार २८१ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार  हरिकृष्ण व्यञ्जनकारले भने ५५१ मत प्राप्त गरेका छन्। यसरी हेर्दा ६ वटा महानगरमध्ये ४ वटामा गठबन्धनका उम्मेदवार अगाडि छन्। काठमाडौंमा स्वन्त्र उम्मेदवार साहले मतगणनादेखिनै उछिन्न दिएका छैनन्। भरतपुरमा भने रेनु र विजय झिनो मतले अघिपछि छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...