spot_img

spot_img

पर्सामा मतदानको सम्पूर्ण तयारी पूरा

वीरगंज, २९ वैशाख । शुक्रवार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पर्सामा पुरा भएको छ । वीरगंज महानगरपालिकासहित १४ पालिकामा रहेका १ सय ६७ मतदान केन्द्रमा नेपाल प्रहरीका २ हजार ८ सय ५०, सशस्त्र प्रहरीका ८ सय र गस्तीमा नेपाली सेनासहित खटाइएको छ । पर्सामा मौन अवधि शुरू भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो । सुरक्षा व्यवस्था अनुसार पहिलो चरणमा नेपाल प्रहरी, दोस्रो चरणमा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम चरणमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । नेपाल नम्बर १३ गुल्म हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलका अनुसार मतदान केन्द्रहरूमा ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचनमा सीमा नाकाको सुरक्षा व्यवस्थाका लागि भारतीय एसएसबी ४७ र ४४ का कमान्डरसँग पनि समन्वय गरिएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । मङ्गलवार मध्यरातदेखि शुरू भएको मौन अवधिलाई मध्यनजर गर्दै सीमा नाकामा पनि आवागमन बन्द गरेर सीमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । नेपाली परिचय पत्र भएका नागरिकलाई भारतबाट नेपाल प्रवेश गर्न दिइएको छ भने नेपालबाट भारततर्पm जान भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको भए पनि अति आवश्यक कार्यका लागि प्रशासनको सिफारिसका आधारमा आवागमन खुला गरिएको ढकालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव...