बारा, २८ वैशाख । जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित एक तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जना छन् । उनीहरूलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्पm आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई गाँजा सहित फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।