spot_img

spot_img

विदेशी मुद्रा भुक्तानी सिफारिस गर्न सरकार तयार, भारतीय कम्पनीले रकम पाउने भएपछि इन्टरनेट नकाटिने

काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुले संचार मन्त्रालयबाट विदेशी मुद्रा सटही सिफारिस पाउने भएका छन्। मन्त्रालयले बुधबारबाट रोकिएको विदेशी मुद्रा भुक्तानी सिफारिस दिने भएको छ।

महालेखापरीक्षकको कार्यालयले औंल्याएको बेरुजु नतिरेको भन्दै संचार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको सिफारिस नदिँदा देशभर इन्टरनेट काटिने संघारमा पुगेको थियो। निर्वाचनको समयमा इन्टरनेट काटिने सक्ने समाचारहरु सार्वजनिक भएपछि आयोगले समस्या समाधान गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको थियो।

यसबारेमा सोमबार संचार मन्त्रीसहित इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का प्रतिनिधिबीच छलफल भएको थियो।

‘चुनावको समय पनि छ। इन्टरनेट काटिने स्थितिलाई कसरी व्यवस्थापन गर्न सक्छौं ? निकास कसरी दिन सकिन्छ भनेर संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीज्यूले आग्रह गर्नुभयो। हामीले विगत ६ महिनादेखि विदेशी मुद्रा भुक्तानीमा देखिएको समस्या समाधानको ताकेता गरिरहेका थियौं। मन्त्रालयले सहजीकरण गरिदिएन। किन काम भएन भन्ने बुझ्ने मन्त्री ज्यूले नै हो,’ आइस्पानका सीइओ सुबास खड्काले भने,’ ‘त्यसपछि समस्या समाधानको प्रतिवद्धता भयो।’

नेपालमा ब्यान्डविथ बिक्री गरिरहेका टाटा, एयरटेललगायतका भारतीय कम्पनीहरुले गत हप्तानै बक्यौता भुक्तानी नगरे यो साताबाट इन्टरनेट काट्ने चेतावनी दिएका थिए। जुन विषय आइस्पानले संचार मन्त्रालयसहित सेवाग्राहीहरुलाई अवगत गराएको थियो।

‘संचार मन्त्रालयले इन्टरनेट बन्द नगर्न के कति काम गर्नुपर्छ त्यो सबै काम हुन्छ भनेर मन्त्रीज्यूले हामीलाई विश्वस्त पार्नु भयो। इन्टरनेट अवरोध नहुने गरी तुरुन्तै काम सुरु गर्न भनेको छु भन्नुभयो,’ संचार मन्त्रीको भनाइ उदृत गर्दै खड्काले भने।

संचार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले बुधबारबाटै रोकिएको विदेशी मुद्रा सहटी सिफारिस अघि बढाउने जानकारी आइस्पानलाई गराएका छन्।

नेपालका करिब २० वटा सेवा प्रदायकहरुले भारतीय इन्टरनेट कम्पनीलाई करिब साढे ३ अर्ब रुपैयाँ तिरेका छैनन्। ब्यान्डविथको भुक्तानी यथाशिघ्र नगरे जुनकुनै बेला नेपालतर्फको ब्यान्डविथ काटिने चेतावनी भारतीय कम्पनीले नेपालका सेवा प्रदायकहरुलाई दिँदै आएको छन्।

त्यसैगरी, टेलिभिजन सेवा प्रदायकहरुको पनि रोकिएको विदेशी मुद्रा भुक्तानी सिफारिस गर्ने प्रतिवद्धता मन्त्री कार्कीले जनाएका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...