काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘नम्बर वान ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले उक्त आरोप लगाएका हुन्।
‘बालेन शाह भन्ने त नम्बर वान ठग पो रहेछ,’ स्थापितले भने, ‘उसलाई भोट हाल्ने त अब?’ जनतासँग सीधा नजरले हेर्न नसकेर बालेनले कालो चश्मा लगाएकोसमेत उनको आरोप रह्यो।