spot_img

spot_img

नेमकिपाको घोषणापत्र : एमसीसीदेखि महानगरको फोहोर व्यवस्थापनसम्मको चर्चा

काठमाडौँ: नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र सार्वजनिक गरेका हुन्। गएको निर्वाचनमा नेमकिपाले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुख सहित १० वटै वडामा जित हासिल गरेको थियो। नेमकिपाले यसपटक पनि त्यही सिलसिला जारी रहने दाबी गरेको छ।

घोषणापत्रमार्फत भने नेमकिपाले सत्तामा रहेका दलहरुले २०७४ सालमा वाचा गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएको छ।नेमकिपाले मिलिनियम च्यालेन्ज कर्पोरेशन, युक्रने युद्ध, श्रीलंका संकटलगायतका बारेमा पनि घोषणापत्रमा उल्लेख गरेको छ।

घोषणापत्रमा महानगरपालिका र उपमहानगरपालिकाको फोहोर व्यवस्थापन, खानेपानीको वितरण, सडक व्यवस्थापनबारे आफ्नो योजना उल्लेख गरेको छ। उसले राजमार्ग र नगरमार्ग फरक हुनुपर्नेमा जोड दिएको छ। फोहोर व्यवस्थापन बारे सुझाव दिँदै नेमकिपाले संघीय राजधानी काठमाडौं बाहिर सार्न पर्ने समेत उल्लेख गरेको छ। 

‘यस्तो स्थिति आजको मात्र होइन, हरेक महिना र हरेक वर्ष यस्तै छ। यसकारण, महानगरपालिकाहरूले घर-घरबाटै कुहिने र नकुहिने फोहर छुट्याउने, प्लास्टिक, किला-काँटी र काँचजस्ता पुनः प्रयोगमा पठाउने सामानलाई छुट्याउने काम हरेक वडाहरूबाट गर्दा व्यवहारिक हुनेछ । त्यस्तै, कुहिने फोहर विसर्जन गर्न कमसेकम १५-२० वर्षलाई पर्याप्त हुने ठाँउको बन्दोबस्त गर्नु आवश्यक छ,’ घोषणापत्रमा उल्लेख छ, ‘यसका लागि ठूलो क्षेत्र अधिग्रहण महानगरपालिकाहरूले मात्र गर्न नसक्ने हुँदा सङ्घीय सरकारले नै बन्दोबस्त गर्नु आवश्यक छ। किनभने, फोहोर विसर्जन गर्ने ठाँउ बस्तीबाट १०–२० किलोमिटर टाढा हनु आवश्यक छ । यदि त्यसो गर्न सकिन्न भने सङ्घीय राजधानी अन्य प्रदेश वा दाङ जिल्लामा लानु उचित हुनेछ।’

साथै, नगरपालिका र गाउँपालिकाका लागि पनि छुट्टै प्रतिबद्धता नेमकिपाले अघि सारेको छ। घोषणापत्रमै उसले २०७४ सालमा आफ्नो पार्टीबाट जितेका उम्मेदवारहरुले गरेको कार्य विवरण पनि पेश गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...