spot_img

spot_img

पाँच दलीय गठबन्धनद्वारा वीरगंजमा एकबद्ध भएर निर्वाचनमा होमिने निर्णय

वीरगंज, १४ वैशाख । सत्तारूढ पाँच दलीय गठबन्धनका दलहरूबिच मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जमा कसरी एकबद्ध भएर निर्वाचनमा होमिने भन्ने विषयमा आज छलफल भएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतिŒवमा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले नेपाली काङग्रेसका नेता श्याम कुमार पोखरेलको संयोजकत्वमा वीरगञ्ज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । समितिको सदस्यहरूमा नेपाली काङग्रेसका नेता प्रकाश कुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी बाट मधेस प्रदेशका प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका युवा नेता मुकेश द्विवेदी र नेकपा एकिकृत समाजवादी पार्टीबाट वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी रहनुभएको छ । यस्तै, बैठकले पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरीय उपसमिति गठन गरेको छ । उक्त समितिको सदस्यमा नेपाली काङ्ग्रेसबाट अशोक गुप्ता, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, ललन द्विवेदी, नेकपा माओवादी केन्द्रबाट शेखचाँद तारा, छोटेलाल यादव र नेकपा एकिकृत समाजवादी पार्टीबाट गङ्गा बहादुर खड्का रहनुभएको छ । बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले गठबन्धनलाई पर्साका हरेक स्थानीय तहमा जित दिलाउनुपर्ने कुरामा जोड दिनुभयो । केन्द्रिय गठबन्धनको निर्णयबमोजिम पर्सा जिल्लामा पनि गठबन्धनको पवित्रतालाई जोगाउँन र गठबन्धनको मर्यादा कायम राख्नु सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो । वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा नेपाली काङग्रेसका इम्तियाज आलम रहनुभएको छ । बैठकमा नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एसका नेता चिरञ्जीवी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य...
spot_img
spot_img

सम्बन्धित समाचार

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...

पर्सामा हावाहुरीले व्यापक क्षति

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव...