spot_img

spot_img

फुट्यो विप्लव नेतृत्वको नेकपा : कञ्चन र सुदर्शनलाई कारबाही, नयाँ पार्टी खोल्नेबारे छलफलमा असन्तुष्ट पक्ष

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ले पार्टीका दुई सचिवालय सदस्यलाई पदमुक्त गरेका छन्। पार्टीको नीति विपरीत कार्य गरेको भन्दै सचिवालय सदस्यहरु धर्मेन्द्र वास्तोला ‘कञ्चन’ र हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई कारबाही गरेका हुन्।

नेकपाका पाँच सचिवालय सदस्यमध्ये दुई नेता निर्वाचन उपयोग गर्ने विप्लवको नीतिविरुद्ध बहिस्कार गर्नुपर्ने बताउँदै आएका थिए। 

पार्टीको १२औँ केन्द्रीय कमिटीको बैठकबाट पार्टी निर्वाचनमा सहभागी नहुने तर, एमसीसी विरोधी उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको थियो। स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्यहरु नै उम्मेदवार बनेपछि सचिवालय सदस्य कञ्चनले वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए।

विप्लवले वक्तव्यमा केन्द्रीय कमिटीको बैठकले राजनैतिक प्रस्तावसहित सबै निर्णयहरु एकमतले गरेको बताउँदै सचिवालय सदस्यहरु सुदर्शन र कञ्चनले त्यसविरुद्ध प्रचारबाजी गरेको आरोप लगाएका छन्।

‘चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरीको बुझाइलाई केन्द्रीत र एकरुप बनाइदिएको थियो। अपसोच सचिवालय सदस्य सुदर्शन र कञ्चनले  मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यत एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको छ,’ वक्तव्यमा आरोप लगाइएको छ।

‘काठमाडौंमा सचिवालयका कमरेडहरुबिच दुई पटक बसेर पार्टीका पारित निर्णयहरुको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरियो। तर, निर्णय बाहिर नपुग्दै पुन उहाँहरुले विरोधी संचारमाध्यममा फूटपरस्त एवं अराजक अन्तरबार्ता दिने कार्य जारी राख्नु भयो,’ वक्तव्यमा भनिएको छ, ‘तै पनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवाल सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट बक्तव्य जारी गर्दै पार्टीले स्थानीय चनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हाँस्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गंभीर बन्न पुग्यो।’ 

सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र भएको आरोप विप्लवले लगाएका छन्। विप्लवले शुदर्शन पक्राउ पर्नुको कारण पनि पार्टीको सुझाव विपरितका गतिविधि भएको आरोप लगाएका छन्।

‘यो समस्याको चुरो कुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदा देखिनै क. सुदर्शनसंग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए। सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाले नै पार्टीको सुझाब विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गभीर छलफल भए,’ विप्लवले भनेका छन्।

‘त्यसैगरी कमरेड कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गंभीर छलफल चलेका थिए र केही विषयमा मेल खाएको थिएन। तर हाल आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तक उराल्नु भएको छ। यो एकदमै गलत तर नियोजित प्रचार मात्र हो। चुनावकै कुरा गर्दा गएको असोज-कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजारकोटका प्रशिक्षणहरुमा चनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राख्न भएको थियो र जिल्लाका कमरेडहरुले प्रश्नसमेत गर्न भएको थियो,’ उनले अगाडि भनेका छन्।

कञ्चनले नवौं पूर्ण वैठक देखिनै राष्ट्रपति प्रणालीको प्रस्ताव महासचिवले पेस गर्नु पर्ने धारणा राख्दै आएको बताएका छन्।

‘उहाँहरुलाई सही लाग्दासम्म चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई ‘पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने’ भन्दा संसदवादी हुने यो कुन माक्सवादको विश्लेषण हुन्छ,’ विप्लवको वक्तव्यमा भनिएको छ, ‘यो पुरै रकमी एवं अवसरवादी कुतकं बाहेक केही हुँदैन।’

विप्लवले आफना राजनैतिक दृष्टिकोण र व्यवहारिक गतिविधिहरु पार्टीका वैचारिक, राजनैतिक, आर्थिक एवं सांगठनात्मक मान्यताहरुभन्दा नेता उल्टो गर्दै जाँदा, आफ्नो गलत सोचहरु सार्वजनिक रुपले तथानाम राख्न थाल्दा, औपचारिक घोषणा नगरे पनि सारतः पार्टी सम्बन्धबाट स्वतन्त्र भइसकेको हुने बताए।

उनले भनेका छन्, ‘उसले केवल अलग हुने सहज बाटोको खोजी मात्र गरिरहेको हुन्छ। सचिवालय सदस्य सुदर्शन र कञ्चन यस्तै अवस्थामा पुग्नु भएको छ। सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरुसँग छलफल गरियो। सबैतिरका सुझाब एवं सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाहरु निकै पर पुगिसकेको, विभिन्न वैठक एवं भेलासमेत गर्दै हिडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।’

वक्तव्यमा विभिन्न तत्वहरुको उक्साहट मुख्यत: सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनु पर्ने अवस्था सृजना भएको समेत दाबी गरिएको छ।

यता पार्टीले कारबाही गरेका दुई नेताहरु आफू पक्षका नेताहरुसँग छलफलमा जुटेका छन्। यसअघि नै उनीहरुले पार्टी विघटनको संघारमा पुगिसकेको बताउँदै आएका थिए। उनीहरुले उम्मेदवारी दर्ताको दिनसम्म पर्खिने बताएका थिए।

‘पार्टीले कारबाही गरेको जानकारी पाइसकेका छौं। अहिले हामी छलफलमा नै छौं। त्यसपछि कसरी अगाडी बढ्ने भन्ने टुङ्गोमा पुग्छौं,’ नेता धर्मेन्द्र बास्तोलाले भने।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...