spot_img

spot_img

गठबन्धनको निर्णयमाथि विमलेन्द्रको विरोध : कांग्रेसले मधेश प्रदेश जसपालाई जिम्मा लगायो, यो आत्मघाती तालमेल हो

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनले बुधवार गरेको तालमेलको निर्णयलाई लिएर विरोध जनाएका छन्। निधिले तालमेलको निर्णय कार्यकर्ताको भावना विपरित भएको र मधेश प्रदेश जनता समाजवादी पार्टीलाई जिम्मा लगाउने काम कांग्रेस केन्द्रले गरेको आरोप लगाएका छन्।

‘सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जुन किसिमको तालमेलको निर्णय गरेको छ। यो सरासर कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध छ,’ नेता निधिले भने, ‘यो देशभरीका आम कार्यकर्ताको भावनाविपरित छ।’

बुधवार सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएसँगै निधिले यसको विरोध गरेका हुन्। सत्ता गठबन्धनले मधेश प्रदेशको वीरगंज र जनकपुरको प्रमुख जनता समाजवादी पार्टीले पाउने सहमति गरेका छन्। यसअघि कांग्रेसले जनकपुरको मेयरमा दाबी गर्दै आएको थियो। यद्यपि जनकपुरमा जसपाले दाबी नछाडेपछि कांग्रेसले उपमेयरमा चित्त बुझाउँदै सहमति गरेको हो।

यो पुरै मधेश प्रदेश जसपालाई जिम्मा लगाउने काम भएको निधिको ठहर छ। ‘मधेश प्रदेश पुरै जसपालाई जिम्मा लगाउने काम भयो। यसले कांग्रेसलाई थप कमजोर बनाउँछ,’ उनले भने, ‘यो आत्मघाती तालमेल हो।’

निधिले यस विषयमा मधेश र देशभरका कांग्रेस नेताहरुसँग छलफल गरी आफ्नो पक्षबाट थप निर्णय लिनेसमेत बताए।

यता गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपालाई दिने निर्णय भएपछि जनकपुरधामका स्थानीय कांग्रेस नेता/कार्यकर्ताले विभिन्न क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।...
spot_img
spot_img

सम्बन्धित समाचार

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको...

लामो समयदेखि अल्झिएका जलविद्युत् आयोजना तीव्र गतिमा अघि बढ्ने

काठमाडौँ, २४ माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार ऊर्जा मन्त्रालयमा...

९ किलो गाँजासहित तीनजना पक्राउ

वीरगंज, २३ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले ९ किलो २ सय ग्राम लागू औषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुधवार बिहान ७ः४०...