spot_img

spot_img

सर्वोच्चले भन्यो : निलम्बित गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु

काठमाडौं : सरकारले निलम्बन गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन्। सर्वोच्च अदालतले अधिकारीले हालेको रिटमा अन्तरिम आदेश दिने निर्णय गरेसँगै उनी दैनिक काममा फर्किन पाउने भएका हुन्।

अदालतले सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ। सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई डाकेको छ। त्यतिबेलासम्म गभर्नर अधिकारी निलम्बन हुने छैनन्।

सरकारले चैत २४ गते छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। त्यसविरुद्ध अधिकारी सर्वोच्च पुगेका थिए। राष्ट्र बैंक ऐन अनुसार सरकारले गभर्नरलगायत संचालकमाथि छानबिन थालेपछि स्वत: निलम्बनको व्यवस्था छ। निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा गभर्नर अधिकारीका तर्फबाट अधिवक्ता सुशिल पन्तलगायतले बहस गरेका थिए। उनीहरुको बहसपछि न्यायाधीश हरिप्रसाद फुयालले अधिकारीलाई तत्काल निलम्बन नगर्न अन्तरिम आदेश दिएका हुन्।

सरकारको कारवाहीपछि ‘व्यक्तिगत इगो’का कारण अधिकारीमाथि आक्रमण भएको भन्दै आलोचना भएको थियो। अर्थमन्त्री जनार्दन शर्मासँग व्यक्तिगत टकरावका कारण अधिकारीलाई सरकारले हटाउने प्रयासस्वरुप छानबिन सुरु गरेको थियो। स्रोत नखुलेको पैसा फुकुवा गर्न अर्थमन्त्रीले दबाब दिएको आरोप गभर्नरले लगाएका छन्।

सरकारले अधिकारीलाई निलम्बन गर्नुअघि अर्थमन्त्रीले स्रोत नखुलेको पैसा फुकुवा गर्न राष्ट्र बैंकलाई लेखेको पत्र सार्वजनिक भएको थियो। पत्रमा राष्ट्र बैंकको पदेन सञ्चालक रहने अर्थसचिव मधु मरासिनीको पनि हस्ताक्षर थियो।

सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ। समितिले बैशाख ४ गतेदेखि काम थालेको सूचना सार्वजनिक गरेको छ।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् ।...
spot_img
spot_img

सम्बन्धित समाचार

रामराजा क्याम्पस प्रमुखको गोली हानी हत्या, दुईजना पक्राउ

बारा, ३२ जेठ । बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा...

४२ जनाद्वारा रक्तदान, रक्तदाताहरु सम्मानित

वीरगंज, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगंजको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा...

अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रच्यो

वीरगन्ज, २५ जेष्ठ . आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएकाे राेमाञ्चक खेलमा अमेरिकाले पहिलाे पटक पाकिस्तानलाई हराएर इतिहास रचेको छ। अमेरिकाले पाकिस्तानलाई सुपर...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा,...