हेटौंडा : नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागी तीन-तीन जनाको नाम सिफारिस गरेको छ।
मंगलवार बसेको नगर कमिटीको बैठकले हेटौंडा उपमहानगरका हालका प्रमुख हरि बहादुर महत, संविधान सभा सदस्य अनन्त पौडेल र एमाले मकवानपुका पुराना नेतृ गणेशकुमारी प्रधानको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
त्यसैगरी, उपप्रमुखमा सुमित्रा काफले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएक छ।
२७ गते बसेको बैठकमा ९ जनाले प्रमुखका लागि दाबी गरेका थिए भने उपप्रमुखमा पनि ७ जनाले दावी गरेका थिए।
जिल्ला कमिटीमा सिफारिस भएका नामबारे पुन: छलफल गर्ने र सकेसम्म एक-एक जनाको नाम प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पठाइने नेताहरुले बताएका छन्।