spot_img

spot_img

मेलम्चीको पानी सुरुङमा पठाउँदै खानेपानी मन्त्री चौधरीले भने, ‘किसुनजीको सपना पुरा भयो’

हेलम्बु : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पुरा भएको बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मंगलवार मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्वरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गर्दै मन्त्री चौधरीले उक्त भनाई राखेका हुन्।

गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीका कारण आयोजनास्थल हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो।

मन्त्री चौधरीले मेलम्चीको पानी आगामी नयाँ वर्ष २०७९ को वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्नेसमेत बताए। उनले सरकारले गरेको घोषणा र प्रतिवद्धता अनुरुप चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न सफल भएकोमा खुसी व्यक्त गरे।

विगतको सरकारले हतारमा मेलम्चीको पानी पथान्तरण गर्दा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम पनि लिन नचाहेकोमा दुःख ब्यक्त गर्दै मेलम्ची नदीको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको क्षेत्रमा सरकारले केही राहत उपलब्ध गराएको र क्षतिग्रस्त सडक, पुल, सिँचाई तथा नदी नियन्त्रणका लागि खानेपानी मन्त्रालयबाट बजेट छुट्याई सकिएको जानकारी दिए। विभिन्न बाधा, व्यवधान, अड्चन र समस्याका बाबजुद पनि मेलम्ची अयोजनाको पुनःनिर्माण गरी पानी पथान्तरण कार्य सम्पन्न गराउन योगदान दिने मन्त्रालय र आयोजनाका कर्मचारी, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय क्षेत्रका नागरिकहरु, विज्ञ, निर्माण व्यवसायी कम्पनी सिनो हाइड्रो, परामर्शदातालाई धन्यबाद दिए।

सोही अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै खानेपानीमन्त्री चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, मन्त्रालयका सचिव सुरेश आचार्य, आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौड्याल प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललगायतको उपस्थिति थियो।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको थियो तर असार १ गते आएको बाढीले क्षति पुर्याएको थियो। करिव दुई साता भित्रै मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आईपुग्ने भएको छ।

सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी खसालिएको आयोजनाका कार्यकारी निर्देशक पौडेलले बताए।



Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...