spot_img

spot_img

विश्वकपको ढोकैमा पुगेर नेपालको हार, युएईसँग ६८ रनले पराजित

काठमाडौं: टी २० विश्वकप छनोट ‘ए’ को सेमिफाइनलमा नेपाल पराजित भएको छ। ओमनस्थित अल अमरेत मैदानमा नेपाली टोली यूएईसँग ६८ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल फितलो ब्याटिङ गर्दै १८.४ ओभरमा १०७ रनमा समेटियो।

पहिलो विकेटका रुपमा चिराग सुरीलाई ४ रनमै गुमाएको यूएईलाई आक्रामक सुरुवात गराएका वृत्य अरविन्द २३ बलमा ५ चौका र ३ छक्काको सहायतामा ४६ रन बनाउँदा सन्दीप लामिछानेबाट बल्ड आउट भए। त्यस्तै मोहम्मद वसीमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७० रन बनाउँदा मोहम्मद उस्मानले १७ रन र जवार फरिदले ११ रन बनाए।

बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले महत्वपूर्ण एक विकेट लिँदै टिमलाई ब्रेक थ्रू दिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ओपनर द्वय आशिफ शेख र कुशल भुर्तेललाई सस्तैमा गुमाएको थियो। शेख शुन्य रनमै आउट हुँदा भुर्तेलले ७ रन जोडे। त्यस्तै लोकेश बमको खराब फर्मले आजको खेलमा पनि निरन्तरता पायो। उनी गोल्डन डक हुँदै बाहिरिए।

त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले आरिफ शेख र ज्ञानेन्द्र मल्लसँग साझेदारी गरेर स्कोर केही उकासे पनि त्यो पर्याप्त भएन। उनले सर्वाधिक ३८ रन बनाउँदा मल्लले २० र आरिफले ११ रन बनाए। त्यसपछिका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

यूएईका लागि अहमेद राजाले सर्वाधिक ५ विकेट लिँदा जुनैद सिद्दकीले ३ विकेट लिए। त्यस्तै रोहन मुस्तफा र जहुर खानले समान १ विकेट लिए।

नेपाललाई हराएसँगै यूएई अस्ट्रेलिया विश्वकपका लागि छनोट भएको छ भने नेपाल बाहिरिएको छ।

आजै सम्पन्न अर्को सेमिफाइनल खेलमा ओमनलाई हराउँदै आयरल्याण्डले विश्वकपको टिकट सुरक्षित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम...

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका...

एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालनेबित्तिकै अबैध हातहतियार कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगन्ज १० फाल्गुन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो। हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै...
spot_img
spot_img

सम्बन्धित समाचार

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,...

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

वीरगंज, ९ फागुन । पर्साबाट पेस्तोलसहित दुईजना र बाराबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । बुधवार राति १०ः३० बजे बहुदरमाई नगरपालिका–९ सडकखण्डमा सवारी साधन...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त...

ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु

रौतहट, ९ फागुन । गढीमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका...

बाघको आक्रमणबाट २ जना घाइते

वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते...