काठमाडौं : माओवादी नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमालटार पुगेका छन्। पुन स्वास्थ्य उपचारपछि हिजोमात्र चीनबाट फर्केका हुन्।
भेटमा प्रचण्डले स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ। वर्षमानसँगै उनकी पत्नी ओनसरी घर्ती पनि खुमलटार पुगेकी थिइन्। भेटमा थप कुराकानी के भयो? यसबारे खुलाइएको छैन।
माओवादी केन्द्रमा वर्षमान महासचिवको उम्मेद्वारका रुपमा हेरिएको छ। काठमाडौं उत्रँदै गर्दा वर्षमानले हिजै आफू उक्त पदको दाबेदार भएको पुनले बताएका थिए। वर्षमानको चीन बसाई लम्बिएकै कारण माओवादीले पदाधिकारी नछानी महाधिवेशन सकाएको थियो।