spot_img

spot_img

काठमाडौं उपत्यकामा उकालो लागेको कोरोना ग्राफ, १५ दिनमा थपिए ४८ हजार बढी संक्रमित

काठमाडौं : कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौं उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिएसँगै आजबाट सवारी साधनमा उपत्यका जोर बिजोर प्रणाली लागू गरिएको छ। यस्तै, सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ।  

देशभर संक्रमण फैलिएसँगै सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यका बनेको हो। संक्रमण बढेसँगै उपत्यकाका अस्पतालहरु भरिन थालेका छन्। यद्यपि, अधिकांश संक्रमित होम आइसोलेसनमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पुसको अन्तिम सातादेखि उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको थियो। माघको पहिलो साता सम्म कोरोनाको ग्राफ अझै उकालो लागेको हो।

पुस २४ गते शनिवार काठमाडौं उपत्यकामा मात्र २ हजार ९७५ सक्रिय कोरोना संक्रमित थिए। आज (माघ ८ गते) गतेसम्म आइपुग्दा उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार नाघेको छ।

देशभर हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित छन्। कुल सक्रिय संक्रमित मध्ये ६४.५३ प्रतिशत काठमाडौं उपत्यकामा छन्। हाल काठमाडौंमा ३४ हजार १५९ जना, ललितपुरमा ८ हजार २२० जना र भक्तपुरमा ४ हजार ६४५ जाना गरी ४७ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्।

कुन दिन कति जना थपिए ?

आज (माघ ८ गते) काठमाडौं उपत्यकामा ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भयो। काठमाडौंमा ३ हजार ७६२ जना, ललितपुरमा १ हजार ११० जना र भक्तपुरमा ४३४ जना संक्रमित थपिए। देशभर १० हजार २५४ जना संक्रमित थपिँदा उपत्यकामा ५१.७४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय दैनिक पुष्टि भएको संख्यामा आधा उपत्यकाममा नै फेला पर्ने गरेका छन्।

माघ ७ गते भने काठमाडौं उपत्यकामा ५ हजार २९९ जना संक्रमित थपिए। काठमाडौंमा ४ हजार २७९ जना, ललितपुरमा ५६६७ जना र भक्तपुरमा ४५३ जना संक्रमित थपिए।

यस्तै, माघ ६ गते भने हालसम्मकै बढी संक्रमति उपत्यकामा पहिचान भएको थियो। एकैदिन ६ हजार ९८१ जना संक्रमित थपिएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार एकजनामा संक्रमण पुष्टि भएको थियो। यस्तै, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको थियो।

माघ ५ गते पनि ६ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। उपत्यकामा कुल ६ हजार ३४३ जना संक्रमित थपिएका थिए। काठमाडौंमा ४ हजार ६६६ जना, ललितपुरमा १ हजार ९९ जना र भक्तपुरमा ५७८ जना संक्रमित थपिएका थिए।

माघ ४ गते भने उपत्यकामा ५ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको थियो। काठमाडौंमा ४ हजार ९ जनामा संक्रमण देखिँदा ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जनामा संक्रमित भएका थिए।

माघ ३ गते उपत्यकामा ३ हजार ९३९ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। काठमाडौंमा २ हजार ९४३ जना, ललितपुरमा ७९५ जना र भक्तपुरमा २०१ जनामा संक्रमण देखिएको थियो।

माघ २  गते काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका थिए।

माघ १ गते भने काठमाडौं उपत्‍यकामा २ हजार २१९ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। काठमाडौंमा १ हजार ५९१ जना संक्रमित थपिँदा ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै, पुस ३० गते काठमाडौं उपत्यकामा २ हजार ६०७ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३ जना, ललितपुरमा ३७७ जना र भक्तपुरमा ३१७ जनामा संक्रमण देखिएको थियो

पुस २९ गते भने उपत्यकामा १ हजार ९१६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा १ हजार ४४९ जना, ललितपुरमा ३१७ जना र भक्‍तपुरमा १५० जनामा संक्रमण देखिएको थियो।

पुस २८ उपत्यकामा १ हजार ५३८ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा १ हजार १६८ जना, ललितपुरमा २३६ जना र भक्तपुरमा १३४ जनामा संक्रमण देखिएको थियो।

काठमाडौं उपत्यकामा पुस २७ गते भने १ हजार २८६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ९८० जना, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा संक्रमण देखिएको थियो।

पुस २६ गते उपत्यकामा ८७६ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ६७५ जना, ललितपुरमा १३६ जना र भक्तपुरमा ६५ जनामा संक्रमण देखिएको थियो।

पुस २५ काठमाडौंमा ४९१ जना ललितपुरमा ९९ जना र भक्तपुरमा २५ जना गरी कुल ६१५ जनामा संक्रमण देखिएको थियो।

पुस २४ गते शनिवार भने काठमाडौं उपत्यकामा ४८१ जनामा संक्रमण देखिएको थियो। काठमाडौंमा ३६२ जना, ललितपुरमा ९४ जना र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...