spot_img

spot_img

कास्कीको कपुचे लेकमा क्यान्भास रङ्गाउन पुगे कलाकार

  • नारायण ढुङ्गाना –

काठमाडौँ : कास्कीको ‘कपुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन्।

धेरैजसको समय काठमाडौँ र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम मताङ र लक्ष्मीप्रसाद खोतेजा यसपालि कपुचेले तानेर त्यहाँ पुर्‍याएको बताए। यसअघि उनीहरुले मर्दी पुगेर त्यहाँको हिमशृङ्खला समेटेर चित्र बनाएका वर्ष नबित्दै अर्को महत्वपूर्ण यात्रा तय गरेका थिए। कपुचे ताललाई समुन्द्र सतहबाट सबैभन्दा तल्लो ठाउँमा रहेको हिमतालका रुपमा चिनिन्छ । ‘उक्त ताल र वरपरका दृश्यलाई क्यान्भासमा उन्दा नौलौ अनूभूति मिलेको छ,’ उनीहरुले भने, ‘रङमा कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी, क्यान्भासमा दुरुस्त रङ भर्न हम्मेहम्मे भयो, त्यो क्षणको अनुभूति शब्दमा भन्न सकिँदैन, स्वर्गको टुक्रामा बसेर कला सिर्जना गरेको महसुस भयो।’

आइतवार बिहान पुग्दा ताल बरफमा परिणत भएको थियो। घामका किरणको स्पर्शपछि बिस्तारै फैलिन थाल्थ्यो। कलाकारले बोतलमा आइस हालेर पानी बनाई कला सिर्जना गरेको उनीहरुले सुनाए। कपुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पद मार्गका रुपमा विकास भएको क्षेत्र हो। कास्की जिल्लाको उत्तर–पूर्वमा पर्ने यो ताल पोखराबाट प्रकृतिसँग रम्दै छोटो समयमा पुग्न सकिने रमणीय क्षेत्र हो। समुन्द्र सतहबाट दुई हजार ५४६ मिटरको उचाइमा रहेको कपुचे पर्यटकीय क्षेत्र सिक्लेसबाट छ घन्टाको पैदल यात्रामा पुगिन्छ। त्यहाँ पुग्दा लाग्ने थकान दृश्यावलोकनपछि सबै मेटिन्छ।

त्यस वरपरका दृश्यले निकै लोभ्याउने कलाकार मताङले बताए। ‘अनि त्यसैको काखमा बसेर क्यान्भासमा दृश्य उतार्न कम्ता मजा भएन,’ उनले भने। कपुचेको अर्थ झरेको बरफ हो। नाम अनुसारको दृश्य पनि सजिलै देख्न सकिन्छ यहाँ। हिउँले ढाकिएको पहाडको बिचमा पर्ने यो तालमा बेलाबेलामा हिमपहिराले आकर्षण थप्छ। यसपालि शनिवारीय चित्रकला कार्यशालाका सक्रिय सदस्य यी दुई कलाकार कपुचे कलायात्रा पूरा गरेर फर्किएका हुन्। शनिवार र आइतवार दुई दिनको यात्रामा सिक्लेसबाट उनीहरुले अन्नपूर्ण दोस्रोको सुनौलो दृश्यलाई पनि क्यान्भासमा उतारेका छन्।

कलाकारका अनुसार त्यहाँ जानलाई केही चुनौती भयो। साँघुरो बाटो, भिर, पाखाका बुट्यान समाउँदै पुगिने त्यहाँका झरना, खोलालगायत पहाडी र हिमाली प्राकृतिक सौन्दर्यले बाटोको थकान सबै मेटिएको उनीहरुले सुनाए। ‘बेलाबेलामा हिउँ खस्ने र त्यसबाट मेघ गर्जे झैँ निस्कने रहेछ, राति त्यस्तै आवाज आयो, ल पानी पर्ने भयो, चित्र सिर्जना गर्न नपाइने भयो भन्ने चिन्ता थियो आखिर त्यो मेघ नभएर हिउँ खसेको आवाज रहेछ, हामीलाई समयले पनि साथ दियो, अभियान सफल बनाएर आयौँ,’ मताङले भने।

गएको शुक्रवार काठमाडौँबाट हिँडेको दुई सदस्यीय कलाकार टोली शनिवार र आइतवार त्यहाँको दृश्य क्यान्भासमा कैद गरेर सोमवार काठमाडौँ आइपुग्यो। अन्य बाँकी कलाकारले काठमाडौँकै विभिन्न क्षेत्रमा चित्र सिर्जना गरेका थिए। विगत तीन वर्षदेखि शनिवारीय चित्रकला कार्यशाला अभियानका संयोजक दिवेश प्रधानले सुन्दर तर चुनौतीका बिच कार्यशालामा सहभागी भएर आएकाले दुवैलाई सम्मानसमेत गरेको बताए। कपुचे पुगेका दुईसहित चन्द्रा श्रेष्ठलाई ललितकला मञ्च नेपालले शुक्रबार सम्मान गरेको थियो। प्रधानको संयोजकत्वमा शनिवारीय कला कार्यशाला जारी छ। सोही अभियान अन्तर्गत दुई कलाकार प्रकृतिसँग रमाउँदै खुला आकासभित्रका दृश्यलाई क्यान्भासमा कैद गर्न पोखराको विकट तर रमणीय क्षेत्र कपुचे पुगेका हुन्।

संयोजक प्रधानका अनुसार अभियानकै क्रममा अब प्लेन एयर कन्भेन्सन, प्रतिस्पर्धात्मक चित्रकला कार्यशाला, प्लेन एयर टकलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। उनले यस अभियान अन्तर्गत कालापत्थरमा पुगेर चित्रकला कार्यशाला गर्ने योजना रहेको पनि बताए।

‘कलामा समाजवाद ल्याउने हाम्रो उद्देश्य हो, अहिले एउटा कला प्रदर्शनी गर्दा कम्तीमा रु एक लाख खर्च हुन्छ, त्यसलाई हामी खर्चै नगरी सामान्य कलाकारले पनि सिर्जना गर्न र प्रदर्शनी गर्न सकोस् भनेर अघि बढिरहेका छौँ,’ उनले भने।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...