वीरगंज : मधेश प्रदेशको पूर्वी जिल्ला सप्तरीबाट स्रोत नखुलेको करिब १० लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ का २४ वर्षीय दिलीप कुमार मण्डल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरुको साथबाट ९ लाख ९० हजार स्रोत नखुलेको रकम बरामद भएपछि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। राजविराज नगरपालिका वडा नम्बर ५ मा चौधरी र मण्डल सवार प्रदेश नम्बर २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा उक्त रकम बरामद गरिएको थियो।
रकम र मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।