पोखरा : गण्डकी प्रदेशमा बिहीवार थप ६ सय २७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार आज प्रदेशमा ६ सय २७ जनामा संक्रमण पुष्टि र एक जनाको मृत्यु भएको छ।
निर्देशनालयको तथ्यांक अनुसार कास्कीमा आज २ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला रहेको कास्कीमा आज थपिएको संख्यासँगै सक्रिय संक्रमित १ हजार ७ सय ३३ पुगेको छ।
यस्तै, कास्कीपछि आज सबैभन्दा बढी स्याङ्जामा १ सय ७ जना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ९३ पुगेको छ।
त्यस्तै, आज गोरखामा ४१, म्याग्दीमा ४४, लम्जुङमा २६, तनहुँमा ६७, नवलपरासी पूर्वमा ६०, पर्वतमा ७ र बागलुङमा ३७ जनामा संक्रमण पुष्टि भएको छ।
निर्देशनालयले दिएको जानकारी अनुसार आज प्रदेशमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाको पालुङटारकी ६९ वर्षीय महिला रहेकी छिन्। योसँगै हालसम्म प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३० पुगेको छ।