spot_img

spot_img

४ महिनापछि इन्स्टाग्राममा शाहरुखको पोस्ट, छोरा आर्यन ड्रग्स केसमा फसेपछि थिएन अपडेट

चार महिना लामो ब्रेक पछि शाहरुख खान सोसल मिडिया साइट इन्स्टाग्राममा फर्केका छन्।

पत्नी गौरी खानसहित एउटा इलेक्ट्रोनिक ब्रान्डको विज्ञापन उनले इन्स्टाबाट सेयर गरेका छन्। शाहरुखका छोरा आर्यन खान ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी सोसल मिडियाबाट करिब करिब बाहिरिएका थिए। त्यसबिच उनको कुनै पोस्ट देखिएको थिएन।

बुधवार मात्र शाहरुखले व्यवसायिक विज्ञापन पोस्ट गरेका हुन्।

विज्ञापनमा शाहरुख विलाशी गाडीमा एउटा सुविधासम्पन्न बङ्गलामा गइरहेको दृश्य छ। यो विज्ञापन चाहिँ कोरियन कम्पनी एलजीको ओएलइडी टेलिभिजनको हो जसलाई विश्वकै पहिलो ‘रोलेबल’ टेलिभिजन भएको दावी गरिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार इन्स्टामा भिडियो अपलोड गरेको एक घन्टामा ६ लाख भन्दा बढी भ्यूज मिलेको थियो। 

सोसल मिडियामा खान फर्केको विषयलाई लिएर उनका फ्यानहरु भने उत्साही देखिएका छन्। एक उनका प्रशंसकले लेखेका छन् ,’ द किङ इज ब्याक, फाइनल्ली।’ बलिउडमा शाहरुख खानलाई किङ खानका रुपमा लिइन्छ। बलिउडमा अत्याधिक सफल अभिनेताभित्र खान पनि पर्छन्। 

यसअघि सेप्टेम्बर १९ मा उनको इन्स्टाग्राममा पोस्ट देखिएको थियो। जसमा उनले गणपति बाप्पा मोरिया भन्दै शुभकामना दिएका थिए। 
खान उनका २४ वर्षीय छोराको ड्रग्स केसपछि तनावमा थिए। तीन साता हिरासतमा राखेपछि आर्यनलाई गत अक्टोबरमा धरौटीमा रिहा गरिएको थियो।

शाखरुख खान फिल्म पठानबाट कमब्याक गर्दैछन्। फिल्ममा उनको अपोजिटमा दिपिका पादुकोण देखिने छिन्। साथै जोन अब्रहामको पनि मुख्य भूमिका रहनेछ। २०१८ मा रिलिज भएको फिल्म जिरो पछि खानको कुनै फिल्म आएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...