काठमाडौं : उच्चस्तरीय राजनीति समन्वय समितिको बैठकमा बैशाखमा स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच बैशाखमा निर्वाचन गर्ने सहमति भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनले निर्वाचनको मितिको बारेमा निर्वाचन आयोगसँग छलफल भइसकेको समेत बताए।

निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। यसबारेमा छलफल गर्न आयोगले केही दिन अघि सर्वदलीय बैठकसमेत बोलाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय