काठमाडौं : राजधानी उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। देशभर कूल ६ हजार ७ सय ३४ जना संक्रमित पहिचान हुँदा ५८.४९ प्रतिशत उपत्यकामा फेला परेका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ४३ जना, ललितपुरमा ७ सय ९५ जना र भक्तपुरमा २ सय १ जनामा संक्रमण देखिएको हो।
देशभर हाल ३० हजार ८ सय ७७ जना सक्रिय कोरोना संक्रमित छन्। काठमाडौं उपत्यकामा आज थपिएका संक्रमित गरि सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८७ पुगेको छ। यो कूल सक्रिय संक्रमितको ६२.७८ प्रतिशत हो।
हाल काठमाडौं उपत्यकाका तीन जिल्ला सहित ९ जिल्ला ‘रेड जोन’मा छन्। प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूर पश्चिमको कैलाली ‘रेड जोन’मा छन्।
वाग्मती प्रदेशमा उपत्यकामा तीन जिल्ला सहित चितवन समेत ‘रेड जोन’मा रहेको छ।
यस्तै, प्रदेश १ को झापा, प्रदेश २ को धनुषा र पर्सा, वाग्मतीको मकवानपुर र काभ्रे, गण्डकीको नवलपरासी पूर्व र लुम्बिनीको बाँके र दाङ मा पनि संक्रमण दर बढ्दो छ। यी जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।