कलैया । जिल्ला प्रहरी कार्यालय बाराले एक बालिकालाई जबर्जस्तीकरणी गर्ने घट्नामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आदर्श कोतवाल गाउँंपालिका–.७ कोतवाली टोल बस्ने मोतिलाल साह कानूको छोरी वर्ष ९ की रूपमाला कुमारी साहको जबर्जस्ती करणी गरी हत्या गरेको घट्नामा उनीहरू संलग्न थिए । पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँंपालिका–८ टोल कोतवाली बस्ने वर्ष २० का सन्तोष साह कानु र वर्ष ४० का शान्ति देबी रहेका छन् । कानुले बालिका बाख्रा चराउन गएको बेला तिर्खा लागेर पानी खान जाँदा जबर्जस्तीकरणी गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकी अर्का अभियुक्त शान्ति देवीले उक्त घट्नाको अपराध पुष्टि हुने दशीहरू लोप गर्ने प्रयास गरेकी थिईन् । यहि पुस २५ गते दिउंसोबाट हराईरहेको बालिकाको शब पुस .२७ गते सोही ठाउं स्थित जमुनी खोलामा मृत अवस्थामा फेला परेको थियो । पक्राउ परेका सन्तोष र शान्ता देवी आमाछोरा हुन् ।
करणी गर्ने दुई जना पक्राउ