हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक स्थलमा हुने भेला, जुलुस तथा आमसभा जस्ता गतिविधिमा प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार विज्ञप्ति प्रकाशित गर्दै गतिविधिमा रोक लगाएको हो।

कोरोना नियन्त्रण र रोकथामका लागि १६ बुँदे आदेश जारी गर्दै स्थानीय प्रशासनले सार्वजनिक गतिविधिमा नियन्त्रण गरेको हो।  

५ सयभन्दा बढी सक्रिय संक्रमित पुगेसँगै सरकारले मकवानपुरलाई उच्च जोखिम भएको जिल्लाको सूचीमा राखेको छ। सोमबार साँझसम्म ५६९ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा मकवानपुरमा दुई जना संक्रमितको मृत्यु भएको छ। यस्तै चार जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय