भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। आइतवारभन्दा आज १३ हजार ११३ जना कम संक्रमित पहिचान भएका हुन्।

यस्तै, १ लाख ५१ हजार ७४० जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ।

संक्रमणका कारण भारतमा थप ३८५ जनाको मृत्यु भएको छ।

ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा संक्रमण दर ह्वात्तै बढेको हो। हाल भारतमा ८ हजार २०९ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय