spot_img

spot_img

१५ गतेसम्म सिनेमा हल बन्द : फिल्म रिलिज रोकिँदा फरक छैन सञ्चालकलाई

काठमाडौं : कोभिड १९ संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म सिनेमा हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय सुनाएका हुन्।

सरकारको निर्णयसँगै केही महिनादेखि जुर्मुराउन थालेको सिनेमा क्षेत्र फेरि प्रभावित हुने भएको हो। 

शुक्रबारदेखि देशभरका सिनेमा हलमा फिल्म ‘चपली हाइट ३’ र हलिउड फिल्म ‘माई हिरो एकेडेमिया’ पनि प्रदर्शनमा आएको थियो। यसका साथै नेपाली फिल्म ‘कठपुतली’ लगायत बलिउड तथा हलिउड फिल्महरु ‘पुष्पा: द राइज’, स्पाइडरम्यान:नो वे हाम र ‘अतरंगी रे’ पनि प्रदर्शन भइरहेका थिए। सरकारले हल बन्द गर्ने निर्णय गरेसँगै यी सबै फिल्महरुको प्रदर्शन पनि रोकिने भएको छ।

पटक पटक रिलिज मिति सार्दैँ आएका ‘चपली हाइट’ निर्माता अर्जुनकुमारले कोरोनाको त्रासबिच पनि फिल्म रिलिज गर्ने आँट गरे। तर, फिल्म रिलिज भएको तीनदिनमा नै हल बन्द भएसँगै फेरि उनी निराश भएका छन्। सरकारले हल बन्द गर्ने निर्णयले ‘बर्बाद’ गरेको उनको भनाई छ। तर, सरकारको निर्णय मान्नुबाहेक कुनै उपाय नरहेको पनि उनले स्वीकारे।

‘फिल्म हल बन्द हुँदा बर्बाद नै भयो नि। तर के गर्नु सरकारको निर्णय मान्नु बाहेक केही उपाय छैन। जनस्वास्थ्यलाई मध्यनजर गदै सरकारले गरेको निर्णय स्वीकार छ। किन भने स्वास्थ्यभन्दा ठुलो फिल्म होइन,’उनले भने, ‘यो फिल्म हलकै लागि बनेको फिल्म हो। त्यसैले हल खुलेसँगै फेरि ‘चपली हाइट ३’ रिलिज गर्नेछौँ।’

यता, हल संचालकहरुले भने फिल्म नभएको अवस्थामा हल बन्द हुँदा खासै फरक नपरेको बताएका छन्।

क्युज सिनेमाका संचालक सुमित मैनालीले सरकारको निर्णयको मान्नुबाहेक कुनै विकल्प नरहेको बताए। साथै हलहरुसँग नयाँ फिल्म नरहेकोले खासै फरक पनि नपरेको बताए। 

‘कोरोनाको त्रासबिच रिलिज मिति स्थगित भइरहेको र दर्शक हलसम्म नआइरहेको अवस्थामा यो निर्णय जायज नै छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...