spot_img

spot_img

२० वर्षदेखि हरिखेतान क्याम्पसमा डा. भगवान यादवको रजाई, नेविसंघद्वारा विरोध

वीरगञ्ज, २ माघ । वीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकाले सामुदायिक विधि विद्यान अनुरुप सञ्चालन हुनुपर्ने नेपाल विद्यार्थी संगठन ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटीले माग गरेको छ ।

हरिखेतान बहुमुखी क्याम्पसमा समुदायको विधि विद्यान विपरित सञ्चालन भइरहेको नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई कमिटीले आरोप लगाएको छ । सरकारी क्याम्पस जस्तै ३ देखि ४ वर्षको अन्तरालमा क्याम्पस प्रमुख परिवर्तन हुनुपर्ने, प्रत्येक संकायको प्रत्येक वर्षमा नियमानुसार जम्मा विद्यार्थी भर्नाको २० प्रतिशतलाई अनिवार्य रुपमा निःशूल्क छात्रवृति र उत्कृष्ट विद्यार्थीलाई छात्रवृति दिनुपर्ने नेविसंघले माग गरेको छ ।

सामुदायिक क्याम्पसको विद्यानअनुसार २ देखि ४ वर्ष सम्मको क्याम्पस प्रमुखको अवधि हुनुपर्नेमा हरिखेतान बहुमुखी क्याम्पसमा २ दशकदेखि डा. भगवान प्रसाद यादव नै क्याम्पस प्रमुख भएपछि नेविसंघले यस विषयमा ध्यानाकर्षण गराएको हो ।

वीरगञ्ज विश्व विद्यालयको नाममा संकलित रकमको हिसावकिताव पारदर्शी रुपमा सार्वजनीक गर्नुपर्ने र वीरगञ्ज विश्वविद्यालयको कार्य प्रगती सार्वजनीक गर्नुपर्ने लगायतका ७ बुँदे मागसहित इकाई कमिटीका अध्यक्ष मनोज साह नेतृत्वको टोलीले क्याम्पस प्रमुख भगवान प्रसाद यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

क्युसिसी मान्यता प्राप्त क्याम्पस भएकोमा टियुको युजिसी ग्रान्टको रकमको पारदर्शीता, कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएका कर्मचारीहरु वर्षाैदेखि कार्यरत रहेको हुँदा निजहरुको सञ्च्य कोषको रकम वा सामाजिक सुरक्षा कोषको रकम कट्टा गरी सम्बन्धी कार्यालयमा जम्मा नगर्नुको कारण, क्याम्पस व्यवस्थापन समिति गठनको प्रक्रिया र छात्रावासमा सम्झौता अनुसारको सामाग्रीहरुको प्रयोग नहुनुको कारण लगायतका विषय ज्ञापन पत्रमार्फत उठाइएको छ ।

मागको सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...