वीरगंज, २ माघ । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर २५ का आँखाका बिरामीहरूको निश्शुल्क शल्यक्रिया गराईदिनु भएको छ । महानगरपालिकाको लोककल्याणकारी योजना अन्तर्गत वीरगंज माहानगर र माट्रिका आइ फाउन्डेसनको संयुक्त आयोजनामा आईतवार वडा नम्बर २५ का वृद्धवृद्धाहरूलाई माट्रिका आइ फाउन्डेसनको सहयोगमा राखिएको निशुल्क आँखा शिबिरमा पहिचान गरिएका मोतियाविन्दुका बिरामीहरूको निश्शुल्क शल्यक्रिया शुरू गरिएको हो । यस अभियान अन्तर्गत माहानगर भरिका सम्पुर्ण ३२ वटै वडाका मोतियाबिन्दु झण्डै दुर्ईहजार पाँचसय जना ब्यक्तिहरूको आँखाको निश्शुल्क शल्यक्रिया गरिने महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । उहाँले यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एकहजार जनाको निश्शुल्क आँखाको उपचार गराईदिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय