spot_img

spot_img

सहायता सामग्री बोकेर काबुलका लागि उड्यो नेपाली जहाज

काठमाडौं : लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर हिमालयन एयरलायन्सको विमान अफगानिस्तानको काबुलको लागि उडेको छ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा साढे ९ बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज त्यसतर्फ उडेको हो। विमानमा झन्डै १२ टन मानवीय सहायता सामग्री रहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको जानकारी दिए। सहयोग सामग्री काबुल विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उनले बताए।

सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली जनताका तर्फबाट आफगान जनतालाई पठाउन लागिएको हो। नेपालको इतिहासमा पहिलोपटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिए। ‘हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ,’ मन्त्री खड्काले भने।

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उनले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे। यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा पठाइएको हो। हिमालायन एयरलायन्सले पनि सहायताका लागि निशुल्क उडान भरेको मन्त्रालयले जनायो।

मन्त्री खड्काले अफनानिस्तानको पछिल्लो समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषद्मार्फत यो अभियान अघि बढेको जानकारी गराए।

टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगी व्यापार संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...