काठमाडौं : सरकारले आजबाट कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप दिने भएको छ। पुस २८ गते बसेको मन्त्रिस्तरीय बैठकबाट उक्त निर्णय भएको उल्लेख गर्दै स्वास्थ्यमन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालयलाई बुस्टर मात्रको खोप दिन परिपत्र गरेको छ।

परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतले जारी गरेको परिपत्रमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई बोधार्थ गर्दै बुस्टर मात्राको खोप लगाउन निर्देशन दिएको छ। माघ २ गते आजदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। बुस्टर मात्रामा कोभिडसिल्ड लगाएकालाई कोभिसिल्ड नै, भेरोसेल लगाएकालाई भेरोसेल खोप नै दिइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय