spot_img

spot_img

तामाङ पत्रकारिता पुरस्कार स्थापनाका लागि दुई लाख सहयोग घोषणा

काठमाडौं : तामाङ पत्रकारिता पुरस्कार स्थापनाका लागि तामाङ सोसाइटी अफ नर्थ अमेरिका(टिएसएनए)का अध्यक्ष लक्यान लामा र मिडिया कोअर्डिनेटर ङिमा पाख्रिनले एक/एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

शुक्रवार काठमाडौंको निम्तो रेस्टुरेन्टमा तामाङ पत्रकार संघ केन्द्रले आयोजना गरेको कार्यक्रममा पुरस्कारको अक्षयकोष स्थापनाका लागि लामा र पाख्रिनले एक एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। अमेरिकाबाट भ्रमणका लागि स्वदेश आइपुगेका लामा र पाख्रिनसँग तामाङ पत्रकार संघका सचिवालय तथा उपत्यकामा उपलब्ध कार्यसमिति सदस्यबीच आयोजित भेटघाट कार्यक्रममा उक्त सहयोग घोषणा भएको हो।

तामाङ समुदायबाट पत्रकारिता गरिरहेका व्यक्तिहरुलाई प्रोत्साहन होस् भन्ने उद्देश्यका साथ पुरस्कार प्रदानका लागि अक्षय कोष स्थापना गर्न उक्त रकम सहयोग गर्ने घोषणा आफूले गरेको टिएसएनका अध्यक्ष लामाले बताए। ‘तामाङ समाजको उत्थानका लागि मिडियाकर्मीको मुख्य भूमिका छ नै। मिडियाकर्मीको दक्षता बढाउन तालिमहरुको आवश्यकता हुन्छ नै। कुनै पनि काम गर्दा प्रक्रिया पुर्‍याएर गरौं भन्नेमा मेरो जोड रहन्छ,’ कार्यक्रममा अध्यक्ष लामाले भने, ‘पुरस्कारले पनि प्रोत्साहन गर्छ। यस्तो कार्यका लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ।’

तामाङ समाजको हितका लागि काम गर्ने पत्रकारका लागि आफू सदैव तयार रहेको उनको भनाई थियो। अमेरिकामा कुनै कार्यक्रम हुँदा संस्थागत रुपमा काम अघि बढेमा आफूहरु तामाङ पत्रकारलाई निम्तो पठाउन तयार रहेकोसमेत उनले बताए।

टिएसएनका मिडिया कोअर्डिनेटर एवं संघका सल्लाहकार पाख्रिनले अक्षय कोषका लागि आफूले थप रकम जुटाउने प्रयत्न गर्नेसमेत बताए। ‘अहिले मेरो व्यक्तिगत तर्फबाट एकलाख सहयोग गर्छु। अध्यक्षज्युबाट एकलाख आउने पक्का भयो। थप रकम जुटाएर अक्षय कोष बलियो बनाउनेमा मेरो जोड रहन्छ,’ पाख्रिनले भने।

मिडियाका लागि आफूले सक्दो सहयोग गर्नेसमेत उनको भनाई थियो। सोही अवसरमा पाख्रिनलाई संघले सम्मानपत्रसमेत प्रदान गर्‍यो। कोभिड-१९ को विपद्मा पाख्रिनको समन्वयमा अमेरिकाबाट स्वास्थ्य तथा खाद्य सामग्री सहयोग प्राप्त भएको थियो।

टिएसएनका अध्यक्ष लामा र मिडिया कोअर्डिनेटर पाख्रिनको माया र सद्भावले संघलाई प्रोत्साहन मिलेको संघका अध्यक्ष सुवास योञ्जनले बताए। प्राप्त रकमलाई अक्षय कोष स्थापना गरी सबैको सुझावअनुसार पुरस्कार स्थापना गर्ने अध्यक्ष योञ्जनले बताए। ‘तामाङ सोसाइटी अफ अमेरिकाले जुन किसिमको सद्भाव हामीलाई देखाउनु भएको छ। यो सरहानीय छ। यसले पक्कै पनि तामाङ समुदायका मुद्दा उठाइरहेका पत्रकारहरुलाई प्रोत्साहन मिल्नेछ,’ योञ्जनले भने। यो सहयोगले दुई संस्थाबीचको सम्बन्ध थप मजबुद् हुने उनले बताए।

कार्यक्रममा संघका सल्लाहकार अमरध्वज लामा, प्रतीक ङेसुर तामाङ, पूर्व अध्यक्ष जगतमान बल, निवर्तमान अध्यक्ष विष्णु मोक्तानले तामाङ पत्रकारको क्षमता वृद्धिका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...