काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न दोस्रो खेलमा वाग्मती प्रदेशले प्रदेश २ माथि जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मतीले ५ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जसका लागि हरिशंकर शाहले अविजित सर्वाधिक ५६ रन बनाउँदा विवेक यादवले २८ र हसिम अन्सारीले २६ रन बनाए। त्यस्तै मोहम्मद आदिल आलमले १२ र सन्तोष कार्कीले १० रन बनाए।

बलिङतर्फ वाग्मतीका रिजन ढकाल र विपिन आचार्यले समान २/२ विकेट लिँदा प्रतिश जिसी र सुवास खत्रीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले १९.४ ओभरमा लक्ष्य पुरा गर्‍यो। जसका लागि इसान पाण्डेले सर्वाधिक ३२ रन बनाउँदा लक्की कठायतले २८ रन बनाए। त्यस्तै प्रतिश जिसीले अविजित ७ बलमा ३ छक्काको सहायतामा २२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले समान २० रन जोडे।

बलिङतर्फ प्रदेश २ का जितेन्द्र यादवले २ विकेट लिँदा प्रतिक यादव, हरिशंकर साह र विवेक यादवले समान १ विकेट लिए। जितसँगै तीन खेल खेलेको वाग्मतीले दोस्रो जित निकालेको छ भने ४ खेल खेलेको प्रदेश २ ले २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ। समूह बी बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय