spot_img

spot_img

क्यानडाको क्युबेकमा खोप नलगाउनेले कर तिर्नुपर्ने भएपछि पहिलो डोज लगाउनेको संख्या ह्वात्तै बढ्यो

कोभिड १९ को ‘ओमोक्रन भेरियन्ट’ फैलिएसँगै विश्वभर फेरि स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। संक्रमण फैलिनबाट रोक्न र संक्रमण भएपनि त्यसबाट गम्भीर हुनबाट रोक्न कोरोना भाइरसविरुद्ध खोप लगाउन विश्व स्वास्थ्य संगठनले आह्वान गर्दै आएको छ। तर, कतिपय देशमा खोप लगाउनेको संख्या न्यून छ। संक्रमितको संख्या बढ्ने र खोप नलगाउनेको संख्या पनि वृद्धि हुँदा संक्रमण थप फैलिने भन्दै विभिन्न राष्ट्रहरुले कडा प्रतिबन्धहरु लागु गरेका छन्।

यसबिच क्यानडाको क्युबेक राज्यमा कोभिड १९ विरुद्धको खोप नलगाउनेले कर तिर्नुपर्ने व्यवस्था गरिएको  छ। राज्यमा खोप नलगाउनेको संख्या धेरै हुँदा सरकारले खोप नलगाउनेलाई कर तिराउने निर्णय गरेको हो।

राज्य सरकारले यसरी कर तिराउने निर्णय गरेको भोलिपल्ट नै खोप नलगाएका नागरिकले पहिलो डोज लगाउनका लागि नाम लेखाउन सुरु गरेका छन्। क्युबेकका स्वास्थ्य मन्त्री क्रिस्टेन डुबेले खोप लगाउने मानिसको संख्या अहिले निकै उत्साहजनक भएको बताएका छन्। उनले दैनिक खोप लगाउनेको संख्या बढ्दै गएको भन्दै बुधवार १ लाख बढीले एकैदिन खोप लगाएको जानकारी दिए। दैनिक हजारौंले खोपको पहिलो डोज लगाउन नाम लेखाइरहेको समेत उनले बताए।

खोप लगाउन स्वास्थ्य अवस्थाका कारण नसक्नेहरुले भने कर तिर्नुपर्दैन। क्युबेकमा धेरै संख्यामा अस्पतालमा रहेका बिरामीले खोप लगाएका छैनन्।

क्युबेक सरकारका अनुसार खोप लगाउन योग्य करिब ९० प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन्। तर, खोप नलगाउनेहरुले गर्दा जनस्वास्थ्यमा नै असर पर्ने देखिएपछि यस्तो निर्णय गरिएको हो।

क्यानडामा भ्याक्सिन लगाएकाहरुले मात्रै सार्वजनिक स्थान र सार्वजनिक सवारीसाधनमा प्रवेश पाउँछन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा खोपलाई लिएर कडा व्यवस्था भएको भन्दै क्युबेकको निर्णयबारेमा भने छलफल भइरहेको बताए।

गत साता क्युबेक सरकारले खोप लगाएकाले मात्रै मदिरा र गाजा किन्न पाउने निर्णय गरेको थियो। यस्तै, रेष्टुराँमा जान, जिम वा कुनै खेलकुद गतिविधिमा जान खोप लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...