भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा दैनिक संक्रमितको संख्य बढ्दै गएको हो। बुधवार १ लाख ९४ हजार ७२० जनामा संक्रमण देखिएको थियो। एकैदिन २७ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको हो।
यस्तै, थप ६२० जनामा ओमोक्रन भेरियन्ट देखिएको छ। हालसम्म भारतमा ५ हजार ४८ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।
संक्रमणका कारण थप ३८० जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ४ लाख ८५ हजार ३५ पुगेको छ।
India reports 2,47,417 fresh COVID cases (27% higher than yesterday) and 84,825 recoveries in the last 24 hours
Active case: 11,17,531
Daily positivity rate: 13.11%Confirmed cases of Omicron: 5,488 pic.twitter.com/kSvYNqJHb2
— ANI (@ANI) January 13, 2022