काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनको तयारी पुरा भएको छ। माघको ८-१० सम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पुरा भएको युनियनले जनाएको छ। जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न भइसकेको छ। मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले बताएको छ।

कोरोना संक्रमण बढिरहेको भए पनि स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन गर्न लागिएको युनियनको दाबी छ। उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनलाई संक्रमणबाट सुरक्षित बनाउन छलफल भइरहेको बताए। सरकारसँग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने फुयाँलले जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय