काठमाडौं : पर्वतको पैयूं गाउँपालिका-५ घर भई हाल स्याङ्जाको वालिङ नगरपालिका-१० भकुण्डेमा डेरा गरी बस्ने जितेन्द्र गुरुङले बुधवार चक्कु प्रहार गरी एक बालकको हत्या गरेका छन्। चक्कु प्रहारबाट एक पाँच वर्षीया बालिका घाइते भएकी छिन्।

गुरुङले वालिङ नगरपालिका-१२ सिर्सीबोट घर भई हाल वालिङ नगरपालिका-१० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिने छोरा साईमन गुरुङको घाटीमा चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारपछि बालकलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएकोमा बुधवार दिउँसो १:४५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, चक्कु प्रहारबाट मृतककी दिदी ५ वर्षीया साईना गुरुङको घाटी र बायाँ हातको बुढी औलामा चोट लागेको छ। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाबारे सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी अधिकृत सहितको टोलीले गुरूङलाई नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय